सरकार र मधेसी मोर्चाबीच निर्णायक बार्ता हुने

 शनिबार, बैशाख ९, २०७४ | onlinenews

वैशाख ९– सरकार र मधेसी मोर्चाबीच आज निर्णय बार्ता हुने सरकार र मोर्चा दुवै पक्षले जनाएको छ । संशोधन विधेयक परिमार्जनसहित फास्ट ट्रयाकबाट पारित गर्ने प्रतिबद्धता सरकारले जनाएपछि मोर्चाले सहमति जनाएको हो । शुक्रबार भएको छलफलबाट दुवै पक्ष सहमति नजिक पुगेका बताएका छन् ।
 दुई चरणको वार्तापछि संविधान संशोधन विधेयक परिमार्जनसहित फास्ट ट्रयाकबाट अनुमोदन गर्ने र मोर्चाले चुनामा सहभागिता जनाउने विषयमा लगभग सहमति सरकार पक्षले जनाउको छ ।
सरकारले पछिल्लो पटक संसदमा दर्ता गराएको ११ बुँदे संशोधन प्रस्ताव मोर्चाको सहमतिमा परिमार्जनसहित ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने प्रतिबद्धता जनाए आफूहरु चुनावमा आउन सक्ने मोर्चाले संकेत गरेको छ ।
मोर्चाले मधेसमा स्थानीय तहको इकाई थप गर्ने र छुट मतदाता नामावली थप्ने विषयमा सर्तमा समझदारी गरेको सरकारी पक्षले जनाएको छ । मोर्चाले पनि बालुवाटार वार्ता सकारात्मक कुराकानी भएको भन्दै सरकारबाट यसैका आधारमा प्रस्ताव आए टुङ्गो लाग्ने सक्ने बताएको छ ।
सरकारी प्रस्तावमा हिजो छलफल गरेका विषयवस्तु सबै परेमा दुई चरणमा चुनाव गर्ने गरी मोर्चा वैशाख ३१ को स्थानीय चुनावि प्रक्रियामा सहभागी हुने उहाँले बताएको छ । मोर्चाले प्रादेशिक सीमांकनबारे संघीय आयोगको क्षेत्राधिकार र संवैधानिक व्यवस्थाबारे पत्याभूति, त्यसका लागि संविधानको धारा २७४ का केही उपधाराको परिवर्तन, स्थानीय इकाई थप गर्ने अडान राख्दै आएको छ । त्यसअनुसार सरकार पनि २ र ५ नम्बर प्रदेशका ११ जिल्लामा केही स्थानीय तहको संख्या थप गर्ने विषयमा लचक बनेको छ । मतदाता नामावली थप्ने र निर्वाचन दुई चरणमा गर्ने विषयमा भने निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्नुपर्ने भएकाले छलफलपछि भन्न सकिने सत्तारुढ दलले बताएको छ । यसअघि संशोधन प्रस्तावमा ‘शब्दावली’ नमिलेको भन्दै मोर्चाले विरोध गर्दै आएको थियो । मोर्चाले धारा २७४ को उपधारा ४ मा उल्लेखित ‘सम्बन्धित सबै प्रदेशमा’ को ‘सबै’ शब्द हटाउन माग गर्दै सम्बन्धित मात्रै शब्द राख्न माग गरेको छ ।

हिजोको सहमतिको विषयलाई अन्तिम रुप दिन आज दिउँसो साढे २ बजे बैठक बोलाइएको छ । वार्ता प्रधानमन्त्री निवासमा नै हुने प्रधानमन्त्रीका पे्रस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रतिकृया

Add