दोस्रो फुटसलको उपाधि भुजीलाई

 मङ्लबार, चैत्र १३, २०८० | onlinenews

 रामेछाप- दोस्रो रामेछाप कप फुटसल प्रतियोगिताको उपाधि लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाइसी) ले जितेको छ । प्रतियोगितामा अखिल क्रान्तिकारी दोस्रो भएको छ । काठमाडौँको कपनमा भएको खेलमा अखिल क्रान्तिकारीलाई ८–२ गोलको अन्तरमा हराउदै भुजी युवा क्लबले उपाधि जितेको हो ।

यसैगरी लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा) तेस्रो भएको छ । साथीको चिया अड्डालाई ६–४ गोलको अन्तरले पराजित गर्दै लिभुराले तेस्रो स्थान हासिल गरेको हो । विजेता लिखु भुजी रामेछाप युवा क्लब (एलबीआवाइसी) ले ५० हजार रुपैयाँ नगद र शिल्ड प्राप्त गरेको छ । यस्तै, दोस्रो भएको अखिल क्रान्तिकारीले ३० हजार नगद तथा मेडल र तेस्रो भएको लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले २० हजार रुपैयाँ नगद र मेडल प्राप्त गरेको छ ।

रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित रामेछाप जिल्ला भरिबाट १७ टोली सहभागि भएका थिए । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी लिगकम नकआउट प्रतियोगिता खेल खेलाइएको थियो । रामेछाप जिल्लाबाट काठमाडौं उपत्यकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतियोगिताका विजेता टोली र खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल, नेपाल खेलकुद महासंघ (नेकोस) बागमती प्रदेश कमिटीको अध्यक्ष सीताराम कार्की लगायतले पुरस्कार वितरण गरेका थिए । प्रथम संस्करणमा लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियुले उपाधि जितेको थियो ।

प्रतिकृया

Add