लिखु तामाकोसी गाउँपालिकामा शोक विदा

 बुधबार, चैत्र १४, २०८० | onlinenews

रामेछाप – रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाले बिहिवार शोक विदा दिएको छ । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीको सवारी दुर्घटना निधन भएपछि गाउँपालिकाले बिहिवार सार्वजनिक विदा दिएको हो ।

लिखु तामाकोसी गाउँपालिका–५ नागदह स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व. रामबाबु साहको चैत्र १३ गते सवारी दुर्घटनामा मृत्यु भएको थियो । बुधवार बसेको गाउँकार्यपालिकाको बैठकले अहेव साहको निधनप्रति शोकप्रस्ताव पास गर्दै बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार अधिकारीले जानकारी दिए ।

चैत १५ गते बिहिवार लिखु तामाकोसी गाउँकार्यपालिकाको कार्यालय साथै मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरूको अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदन समेत व्यक्त गरेको छ ।

प्रतिकृया

Add