आगलागी पीडितलाई तामाकोसी र मेयरध्वजको सहयोग

 बुधबार, चैत्र १४, २०८० | onlinenews

रामेछाप – रामेछाप नगरपालिका–९ डाँडा गाउँका आगलागी पीडितलाई तामाकोसी सेवा समिति मन्थली, मेयरध्वज सेवा समिति रामेछाप र माडवारी सेवा समिति काठमाडौँले राहत सहयोग गरेका छन् ।
ती संस्थाहरुले घटना स्थलमै पुगेर १३ घर परिवार पीडितलाई राहत प्रदान गरेका हुन् । जिल्लामा लामो समयदेखि सामाजिक कार्य गर्दै आएको तामाकोसी सेवा समिति मन्थली रामेछापले वल्र्ड नेवर्स क्यानडाको आर्थिक सहयोगमा १/१ थान ब्ल्याङ्केट, प्रतिपरिवार ३० केजीको २÷२ बोरा चामल, प्रेसर कुकर, कराई, गिलास, थाल, तेल, दाललगायतका सामग्री उपलब्ध गराएको संस्थाका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी रामेछाप नगरपालिका–८ भङ्गेरीको मेयरध्वज सेवा समिति रामेछाप र माडवारी सेवा समिति काठमाडौँले पनि आगलागी पीडितलाई परिवार सङ्ख्याको आधारमा प्रतिपरिवार १ देखि ३ थानसम्म सिरक, ग्याँससहितको सिलिन्डर र प्रेसर कुकर १÷१ थान, कराई, थाल र गिलास साथै प्रतिघर २/२ बन्डल जस्तापाता प्रदान गरेको मेयरध्वज सेवा समितिका अध्यक्ष बैकुण्ठ श्रेष्ठले जानकारी दिए ।
३ वटै संस्थाका सदस्यहरुले रामेछाप नगरपालिका–९ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ रोहबरमा राहत सामग्री प्रदान गरेका हुन् । हालसम्म सहयोग गर्ने व्यक्ति तथा संङ्संस्थाहरुप्रति धन्यावाद व्यक्त गर्दै वडाध्यक्ष श्रेष्ठले आवास पुनर्निर्मामा सहयोग गर्न पनि सरोकारवाला तथा सहयोगी मनहरुमा अपिल गरेका छन् ।

प्रतिकृया

Add