माओवादीसँग गठबन्धन गर्नु भुल भयो : नेता गौतम

 आइतवार, चैत्र १८, २०८० | onlinenews

रामेछाप- नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सङ्घीय सांसद सञ्जय गौतमले नेकपा माओवादीसँग गठबन्धन गर्नु काङ्ग्रेसको ठुलो भूल भएको बताए ।
शनिवार नेपाली काङ्ग्रेस रामेछाप नगरको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन् । काङ्ग्रेस जिवन्त सङ्गठन भएको भन्दै माओवादीले धोका दिएपछि गठबन्धन टुटेको उनले बताए । माओवादीलाई बाँदरको संज्ञा दिँदै काङ्ग्रेसले बाँदरको घोडा चढेकोले लडेको नेता गौतमको टिप्णी गरे । काङ्ग्रेसले अब यस्ता गल्ती दोहो¥याउनु हुँदै उनले भने । काङ्ग्रेस नीति नियम र असल सङ्गतले चल्नु पर्छ, नेता गौतमको भनाइ थियो ।

पूर्व सिँचाइ मन्त्रीसमेत रहेका गौतलमले बिपीजस्तो त्यागी नेता हुन सिक्नु पर्ने बताए । हालका गृहमन्त्री रवि लामिछानेले जस्तो मन्त्री हुन चाएको भए विपि आजिवन मन्त्री हुनसक्ने उनले भने । गृहमन्त्री विभिन्न आरोपबाट आलोचित भएकोले उनीबाट राम्रो कामको आस गर्नु नहुने बताए ।

रामेछापका प्रतिनिधि सभास सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले माओवादीको एमालेसँगको गठबन्धन पनि धेरै समय नटिक्ने बताए । माओवादी गठबन्धका लागि पुनः काङ्ग्रेससँगै आउन सक्ने उनको भनाइ छ । उनले जिल्लाको काङ्ग्रेसको सङ्गठन फितलो भइरहेको भन्दै महासमिति सदस्य, एमम् महाधिवेशन प्रतिनिधिहरुले आ–आफ्नो गाउँमा पर्याप्त समय दिनुपर्ने बताए । काठमाडौँ बसेर रामेछापको राजनीति नहुने भन्दै काङ्ग्रेसलाई बलियो बनाउन नेताहरु गाउँ बस्तीमा जानुपर्ने उनको भनाइ छ ।

नगर सम्मेलनमा नेपाली काङ्ग्रेस रामेछापका महासमिति सदस्यहरु नरबहादुर थापामगर, कुमारी हायु, रत्न कार्की, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति एवम् रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, उपसभापति लेखबहादुर कार्की, जिल्ला समन्वय समिति प्रमुख चिना खड्का (कार्की), प्रदेश सभा ‘क’ का सभापति निरोज खड्का लगायतका नेताहरुको सहभागिता रहेको थियो । नगरसभा नेपाली काङ्ग्रेस रामेछाप नगर सभापति कमलविक्रम कार्कीको अध्यक्षा सम्पन्न भएको हो ।

प्रतिकृया

Add