सामाजिक सुरक्षा भत्ता नलिएका ज्येष्ठ नागरिक सम्मानित

 शुक्रबार, चैत्र ३०, २०८० | onlinenews

रामेछाप- सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गरी सामाजिक सुरक्षा भत्ता नलिएका एक ज्येष्ठ नागरिकलाई सुनापति गाउँपालिकाले सम्मान गरेको छ । स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता नदिने घोषणा गरेका रामेछापको सुनापति गाउँपालिका–३ का ज्येष्ठ नागरिक ८६ वर्षीय भिमबहादुर मानन्धरलाई सम्मान गरिएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ जानकारी दिए ।

सामाजिक सूरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गरी हालसम्म भत्ता नलिएकाले मानन्धरलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको भनाइ छ । सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक्ष कुलबहादुर तामाङ लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितिमा ज्येष्ठ नागरिक मानन्धरलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाको अनुसार अध्यक्ष, उपाध्यक्ष सहितको जनप्रतिनिधि तथा कर्मचारीहरु मानन्धरको घरमै पुगेर सम्मान गरिएको हो । ज्येष्ठ नागरिक मानन्धरले सामाजिक सुरक्षा भत्ता नलिने भनि गरेको घोषणाको उच्च सम्मान गर्दै दोसल्ला, खादा, माला तथा सम्मान पत्रद्धारा सम्मान गरिएको सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले बताए । उहाँको त्यागको उच्च सम्मान गर्दै सुस्वास्थ्य र दिर्घ जीवनको पनि कामना गर्दछु अध्यक्ष तामाङले भने ।

प्रतिकृया

Add