सुनापति गाउँपालिका थाङ्का हब घोषणा

 शुक्रबार, चैत्र ३०, २०८० | onlinenews

 रामेछाप- रामेछापको सुनापति गाउँपालिकालाई थाङ्का हब घोषणा गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुनापति गाउँपालिकाले, सुनापति गाउँपालिकालाई औपचारिक रुपमा थाङ्का हब घोषणा गरेका हुन् । बागमती प्रदेशसभा सदस्य युवराज चौलागाइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमले सुनापति गाउँपालिकालाई थाङ्का हब घोषणा गरेको हो ।

सुनापति थाङ्का हब घोषणासँगै ४० जनाका लागि थाङ्का लेख्ने तालिम सुरु गरिएको पनि सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले जानकारी दिए । थाङ्का तामाङहरुले मात्र लेख्ने हो भन्ने बुझाइ भएको भन्दै, सुनापति गाउँपालिकाको थाङ्का हबमा जुनसुकै जाति र समुदायका मानिसहरु आए पनि इन्छुक व्यक्तिहरुलाई तालिमा दिइने अध्यक्ष तामाङले बताए ।

विश्वाका जुनजुकै ठाउँबाट पनि आएर तालिम लिन सक्ने गरी सुनापति गाउँपालिकालाई थाङ्का हब घोषणा गरिएको अध्यक्ष तामाङको भनाइ छ । सुनापति थाङ्का हब थाङ्का सिक्न चाहनेहरु स्वदेशी तथा विदेशी जोसुकै पनि आउन सक्ने उनको भनाइ छ । सुनापतिमा उत्पादन गरिएको थान्का सिधै विदेशी बजारमा जैजाने तयारी भइरहेको पनि अध्यक्ष तामाङले बताए । सुनापति गाउँपालिकालाई ललितकला र थाङ्कामा नेपालकै हबको रुपमा विकास गरिने अध्यक्ष तामाङको भनाइ छ ।

गाउँपालिका अध्यक्ष तामाङले भने हामीले ललितकला सम्बन्धी कलेज नै सञ्चालन गर्ने उद्देश्य लिएका छौँ । यहाँ बनेका ललितकला सम्बन्धी बस्तु सिधै जर्मनीमा र थाङ्का यूरोमा सप्लाई गर्ने तयारी छ, तामाङले भने । थाङ्का हबमा कम्तीमा एक हजार जनालाई रोजगारी दिने उद्देश्य रहेको पनि अध्यक्ष तामाङले बताए । अध्यक्ष तामाङले तालिम तत्काल वडा नम्बर ४ बाट सुरु गरेर पाँच वटै वडाहरुमा विस्तार गरिने बताउँदै चालु आर्थिक वर्षको लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट समेत विनियोजना गरेको जानकारी दिए ।

थाङ्का हब घोषणा कार्यक्रमका अन्य अतिथितहरुमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ र पर्यटन बोर्डका सदस्य रामप्रसाद सापकोटा ‘कमल’ विशेष अतिथिका रुपमा रहेको थिए भने अतिथिहरुमा सुनापति गाउँपालिकाका निवर्तमान अध्यक्ष धावा लामा, गाउँपालिका उपाध्यक्ष गीता विष्ट लगायत रहेका थिए ।

प्रतिकृया

Add