आगलागीमा घाइते भएकी वृद्धाको निधन

 शुक्रबार, चैत्र ३०, २०८० | onlinenews

 

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा आगलागीमा परी गम्भीर घाइते भएकी वृद्धाको उपचारको क्रममा निधन भएको छ । बिहीवार आफ्नै बारीमा सुकेको पत्कर पोल्ने क्रममा पुरानागाउँ लामाटोलकी ८५ वर्षीय लालमाया तामाङको शरीरमा आगो सल्किएर गम्भीर घाइते भएकी हुन् ।
गम्भीर घाइते भएकी वृद्धालाई स्थानीय र प्रहरीको सहयोगमा उचारको लागि श्री एयरलाइन्सको हेलीकप्टर मार्फत किर्तिपुर स्थित बर्निङ अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारको क्रममा शुक्रवार निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिकृया

Add