टिप्पर दुर्घटनामा चालकको मृत्यु

 सोमवार, बैशाख ३, २०८१ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ पोडेदहस्थित टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको छ । मन्थली नगरपालिका–७ मुगिटारबाट मन्थलीतर्फ आउँदै गरेको बा. प्र ०१–००६ ख ३८३९ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पार चालक रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ दिगीका दिपेन्द्र भन्ने पवित्र बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनाान परी चालक बस्नेत र सहचालक मनोज फुयाल घाइते भएपछि उपचारको लागि मन्थली अस्पताल लगिएकोमा चालक बस्नेतलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

दोलखा जिल्ला तामाकोसी गाउँपालिका–५ का सहचालक मनोज फुयाँललाई भने थप उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेको टिप्पर सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add