मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

 सोमवार, बैशाख ३, २०८१ | onlinenews

 

रामेछाप– रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा मोटरसाइकल दुर्घटनामा गरी चालकको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकाले रामेछापको मन्थली नगरपालिका–३ कठजोरका मोटरसाइकल चालक २६ वर्षीय अशोक कार्कीको उपचारको क्रममा सिन्धुली जिल्लाको खाल्टे अस्पतालमा मृत्यु भएको प्रहरी चौकी बेथान सित्खाले जानकारी दिएको छ ।

सोही मोटरसाइकलको पछाडि सवार रहेका दोलखा जिल्ला मेलुङ गाउँपालिका–२ घ्याङ निवासी ३० वर्षीय सञ्जीत दर्जीको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मोटरसाइकल आफै अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटना भएको जानकारी पाए लगत्तै प्रहरी चौकी बेथान सित्खाबाट प्रहरी हवल्दार नानिबाबु थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रतिकृया

Add