रामेछापमा आगलागीबाट आधा दर्जन घर गोठ जले

 सोमवार, बैशाख १०, २०८१ | onlinenews

 

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७ डुँडेमा आगलागी हुँखा आधा दर्जन घर गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट २ वटा घर, केही गोठहरु जलेर पूर्णरुपमा क्षति भएको छ । आइतबार दिउँसोे जङ्गलमा लागेको आगो गाउँमा पस्दा उक्त क्षति भएको हो ।

आगलागीबाट तेजबहादुर मगरको जस्ताको छाना भएको १ घर र खरले छाएको २ वटा गोठ पूर्णरुपमा जलेको छ । रोहित हायूको ३ वटा खरले छाएको गोठ र डेकबहादुर श्रेष्ठको १ घर र गोठ जलेको स्थानीय रोहित हायूले जानकारी दिए ।
आगलागीबाट मानवीय तथा पशुचौपायामा क्षति नभए पनि घरभित्र रहेको धनमाल, अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको हायूले बताए ।

यसैबिच रामेछाप नगरपालिका–६ डान्सिङटारमा आगलागी हुँदा ४ वटा घर गोठ जलेर नष्ट भएको छ । आइतबार दिउँसोकोे समयमा जङ्गलमा लागेको आगो गाउँमा पस्दा २ वटा घर र २ वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट जबरबहादुर गोले र तुलामाया मगरको घर जलेर नष्ट भएको बज्र समाज नेपालका अध्यक्ष समेत रहेका स्थानीय पूर्णबहादुर मगरले जानकारी दिए । आगलागीबाट घरमा भएको सबै अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको स्थानीय बताएका छन् ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *