वनमा आगो लगाउने पक्राउ

 सोमवार, जेष्ठ ७, २०८१ | onlinenews

 

रामेछाप- वनमा आगो लगाउदै हिड्ने एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप नगरपालिका–८ कात्तिके टोलका ७० वर्षीय अमरबहादुर मगर रहेका छन् ।
वनमा आगो लगाउदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय कात्तिके सामुदायिक वनमा आगो लगाउदै गरेको अवस्थामा वनका उपभोक्ता समितिका व्यक्तिले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार प्रकाउ परेका मगरलाई डिभिजन वन कार्यालय रामेछापबाट ५ दिनको अनुमति लिएर घटना बारे थप अनुसन्धान भइरहेको छ । यसअघि पनि वनमा आगो लगाउँदै हिड्ने रामेछाप नगरपालिका–३ साँघुटारका सुवास महत र लिखु तामाकोसी गाउँपालिका–३ का अशोक महत पक्राउ परेका थिए ।

प्रतिकृया

Add