मध्यपहाडी लोकमार्ग अबरुद्ध

 सोमवार, जेष्ठ ७, २०८१ | onlinenews

 सिन्धुली- बर्षाको कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा माथिबाट लेदो माटो र ठुल–ठुला ढुङ्गा खस्दा सडक अबरुद्ध भएको हो ।
सोमवार बिहानैदेखि परेको अविरल बर्षाको कारण बिहान साँढे ११ बजेबाट सवारी साधन आवतआवतमा समस्या भएको हो । सडकमा माथिबाट लेदो माटो र ठुला ठुला ढुङ्गा खसेको गोलन्जोर गाउँपालिकाका पदम सुनुवारले जानकारी दिए ।
गोलन्जोर गाउँपालिकाको वडा नम्बर १ को वडा कार्यालयसम्म जाने सडकको ट्याक भर्खरै खनेको र पानी पर्दा उक्त माटो बगाएर तल सडकमा आइपुगेको छ । सडक अवरुद्ध हुँदा सो सडकमार्ग भएर फिक्कल गाउँपालिका, खोटाङ, सोलखुम्बु जाने सवारी साधनहरु रोकिएका छन् ।
अबिरल बर्षा भइरहेको र गाउँपालिकासँग स्काभेटर नभएको कारण लेदो माटो पन्साउन समस्या भएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताए । एकतर्फी सडक सन्चालनको गर्ने प्रयास भइरहेको छ ।

प्रतिकृया

Add