आगामी योजना बारेमा पत्रकारसँग छलफल

 बिहिबार, जेष्ठ १०, २०८१ | onlinenews

 

रामेछाप- रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको पूर्वसन्ध्यामा राजनीतिक दल, पत्रकार तथा सरोकारवाहरुसँग सुझाव लिएको छ ।
आगामी बजेट तथा कार्यक्रमलाई प्रभावकारी बनाउन बजेट निर्माण गर्नु अघि राजनैतिक दल, पत्रकार, सरोकारवाला तथा स्थानीयको राय सुझावको लिएको रामेछाप नगरपालिकाले जनाएको छ ।
स्थानीय तहले कार्यपालिकाको बैठक राखेर र सम्बन्धित वडाका जनप्रतिनिधिको मागको आधारमा निर्माण गर्ने बजेटको प्रक्रियालाई तोड्दै सबैसँग सुझाव सङ्कलन गरिरहेको छ ।

पुष्पलाल श्रेष्ठको जन्मथलो समेत रहेको रामेछाप नगरपालिकाले निर्माण गर्ने बजेटमा कृषि र पर्यटनलाई जोड दिएको नगरप्रमूख लबश्री न्यौपानेले बताए । नगरले निर्माण गर्ने बजेटमा आम नगरबासीको माग सम्बोधन गर्ने लक्ष्य समेत रहेको नगरप्रमूख न्यौपानेको भनाइ थियो । सुझाव सङ्कलनका क्रममा पनि कृषि र किसानलाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिएकाले खानेपानी र सिंचाइ सहित कृषिमा आत्मनिर्भर बनाउने खालको बजेट ल्याइने पनि नगरप्रमुख न्यौपानेको भनाइ छ ।

रामेछाप नगरपालिकाले नागरिकको मागलाई आत्मसात गर्दै आगामी रणनीतिक योजना बनाउने र भौतिक पूर्वाधारको विकासमा समेत जोड दिने नगरपालिकाले जनाएको छ । रामेछाप नगरपालिकामा खानेपानीको समेत समस्या रहेकाले नगर भित्राका प्रत्येक घरमा एक घर एक धाराको अवधारणा ल्याएको र आगामी ३ वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको नगरप्रमूख न्यौपानेले बताए । रामेछाप नगरपालिकाले बुधवार पत्रकारसँग मेयर कार्यक्रम आयोजना गरी आगामी बजेट निर्माण गर्दा समेट्नु पर्ने विषमा सझुाव सङ्कलन गरेको हो ।

प्रतिकृया

Add