रामेछापमा पनि मनाइयो छुवाछुत तथा भेदभाव उन्मुलन दिवस

 सोमवार, जेष्ठ २१, २०८१ | onlinenews
Share this

 

रामेछाप- जातीय छुवाछुत तथा भेदभाव उन्मुलन दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘सबै प्रकारका जातिय भेदभाव र छुवाछुतको अन्त्य गरौँ, सामाजिक न्याय र समतामुलक समाज निर्माणमा एकजुट होऔँ’ भन्ने मूल नागरका साथ रक्तदान तथा अन्रक्रिया कार्यक्रम आयोजना गरी १९ औँ जातिय छुवाछुत तथा भेदभाव उन्मुलन दिवस भनाइएको हो ।

दिवसकोे अवसरमा राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापले रक्तदान साथै साझा सवाल र जवाफदेहिता सहितको छलफल कार्यक्रम आयोजना गरी दिवस मनाएको हो । दलित र गैर दलितबिच भइरहेको जातीय विभेद अन्त्य गर्ने उद्देश्यले रक्त दान र छलफल कार्यक्रम आयोजना गरिएको आयोजक राष्ट्रिय दलित पत्रकार सङ्घ रामेछापले बताएको छ । दलितको श्रम, सिम, पसिना र रगत चल्ने तर पानी नचन्ले वर्तमान समाजलाई केही हदसम्म सुधार गर्न सकिन्छकी भनेर यो कार्यक्रम आयोजना गरिएको नेपाल दलित पत्रकार सङ्घ रामेछापका अध्यक्ष नवराज बिकको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै दलित अधिकारकर्मी सरोज कटुवालले समाजमा अझै पनि छुवाछुत कायमै रहेको बताए । स्थानीय निकायहरुले दलित लक्षित कार्यक्रमहरु नगरेको, र जिल्ला प्रशासन कार्यालयले पनि दलित सिफारिस लिन जाँदा र नागरिकता लिन जाँदा सहजतापूर्वक काम नगरिदिएको गुनासो गरे ।

कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जिल्ला प्रशान कार्यालय रामेछापले दलितहरुलाई कुनै विभेद नगरेको र आगामी दिनमा पनि नगर्ने प्रतिवद्धता व्यक्त गरिन् । दलित र गैर दलितबिच विभेद अन्त्यका लागि आफू भित्रैबाट सुधार हुनपर्ने रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताए । मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सामाजिक रुपमा भएको विभेद अन्त्य गर्न अझै समय लाग्ने बताए । विभेद अन्त्यका लागि यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरु गरिरहनु पर्ने उनको भनाइ थियो ।

कार्यक्रमका नेपाली काग्रेसका कुमार श्रेष्ठ, एमालेका अध्यक्ष पुरुपोत्तम कडरिया, माओवादी केन्द्रका प्रतिनिधि उद्धव रम्तेल लगायतका राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो पार्टीका विधानमा दलितहरुलाई स्थान दिएको र पार्टीले कहिल्यै विभेद नगरेको दावी गरेका थिए ।

Share this

प्रतिकृया

Add