गौरीशङ्कर क्याम्पसको नयाँ भवन बन्ने

 मङ्लबार, जेष्ठ २९, २०८१ | onlinenews
Share this

रामेछाप- रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन भएको छ । भवन निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगबाट बजेट छुट्टिएको हो । भवन निर्माणको लागि आयोगबाट एक करोड रुपैयाँ अनुदान स्वीकृत भएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष सन्देश घिमिरेले जानकारी दिए । क्याम्पस सञ्चालन भएको लामो समय भए पनि बजेट अभावमा भवन बन्न नसकेको अवस्थामा भवन निर्माणका लागि बजेट विनियोजन भएको हो । बजेट विनियोजन भएसँगै रामेछाप नगरपालिका–७ सुकाजोरको टावर डाँडामा रहेको क्याम्पसको आफ्नै जग्गामा भवन निर्माण हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्देश घिमिरेले जानकारी दिए । आफूहरुले वर्षौँदेखि गरेको प्रयास सफल भएको अध्यक्ष घिमिरेको भनाइ छ ।

बजेट विनियोजन पछि बन्ने नयाँ भवनमा पठन पाठनका लागि पनि सहजता आउने क्याम्पस प्रमुख मेघप्रसाद भट्टराईको भनाइ छ । ‘बजेट ब्यवस्थापनमा सहयोग गर्ने व्यवस्थापन समितिका अध्यक्षलगायतका सबै सहयोगीलाई धन्यवाद ज्ञापन गरे । हाल रामेछाप नगरपालिका–८ रामेछाप डाँडामा रहेको सो क्याम्पसमा मानविकी (बिए) र शिक्षा सङ्काय (बिएड्) सम्म अध्यायपन गराइँदै आइएको छ । क्याम्पस स्थापना भएको २४ वर्षपछि भवन निर्माणको लागि बजेट परेको गौरीशङ्कर क्याम्पसमा हाल दुवै सङ्कायमा गरी कूल १ सय ३७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Share this

प्रतिकृया

Add