दोलखाका ६ बालबालिकामा मुटुको गम्भीर समस्य

 बुधबार, असार ६, २०८१ | onlinenews
Share this

 

दोलखा- दोलखाको भीमेश्वर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत करिब ३ हजार बालबालिकाको मुटु परीक्षण गरिएको छ । विद्यालयका बालबालिकाको जन्मजात मुटुरोग जाँच शिविरमा विभिन्न विद्यालयमा अध्ययनरत २ हजार ९ सय ८३ जना बालबालिकाको मुटु परीक्षण गरिएको हो ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ३ र ६ का विभिन्न विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको बुधवार चरिकोटस्थित कालिञ्चोक माध्यमिक विद्यालयमा मुटु परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १ सय २४ जनामा मुुटुको समस्या देखिएको छ । त्यसमध्ये ६ जना बालबालिकामा गम्भिर मुटु रोगको समस्या देखिएको परीक्षणमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

गम्भिर समस्या देखिएका ६ जना बालबालिकालाई चीनको फुवाई युनान कार्डियोभास्कुलर अस्पताल लगेर निशुल्क उपचार गरिने अन्नपूर्ण न्यूरो अस्पतालका वरिष्ठ सर्जन डा.बसन्त पन्तले जानकारी दिए । अन्नपूर्ण अस्पताल र फुवाई युनान कार्डियो भास्कुलर अस्पताल चिनको आयोजनामा विद्यालयका बालबालिकाको मुटु परीक्षण गरिएको हो । मुटु शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञहरुबाट मुटुको निःशुल्क जाँच तथा इको गरिएको थियो । अन्नपूर्ण न्यूरो अस्पताल र चाइना फुवाई अस्पतालकै आयोजनामा बिहीवार दोलखाको शैलुङस्थित शारदा माध्यमिक विद्यालयमा पनि बालबालिकाहरुको मुटु परीक्षण गरिदै छ ।

Share this

प्रतिकृया

Add