विश्व योग दिवसको अवसरमा रक्तदान

 बुधबार, असार ६, २०८१ | onlinenews
Share this

 

रामेछाप- दशौँ विश्व योग दिवस–२०८१ को अवसरमा रामेछाप जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विश्व योग दिवस २०८१ जिल्ला स्तरीय मुल समारोह समितिले बुधवार मन्थलीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
विश्व योग दिवस २०८१ जिल्ला स्तरीय मूल आयोजक सिमितको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको प्राविधिक सहयोग रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला लगायत ३० जनाले रक्तादान गरेका थिए । यहि असार ७ गते पर्ने दशौँ विश्व योग दिवस ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने नाराका साथ सप्ताहव्यापी विभिन्न कार्यक्रम आयोजना गर्ने क्रममा बुधवार रक्तदान कार्यक्रम आयोजना गरिएको हो । असार १ गतेदेखि ८ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी योग दिवस मनाइदै छ ।

योग दिवसका अवसरमा सञ्चार माध्यमहरुले योग साधनासँग सम्बन्धित लेख रचनाहरु प्रकाशन गर्ने, योग साधनासँग सम्बन्धित संस्था वा ब्यक्तिहरुले जिल्लाका विद्यालयहरुसँग समन्वय गरी योग अभ्यास र ध्यानसगँ सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने र शुक्रवार बिहान प्रभातफेरी तथा शुभकामना आदान प्रदान साथै ८ गते बिहान रामेछाप नगरपालिकाको भङ्गेरीबाट डुकुरसिं डाँडासम्म दौड तथा पैदल यात्रा गरी योग दिवस मनाउने कार्यक्रम तय भएको योग दिवस –२०८१ मुल समारोह समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन् । योग दिवस हरेक वर्ष २१ जुनका दिन मनाइदै आएको छ ।

Share this

प्रतिकृया

Add