विद्यालयको बार्षिक उत्सवमा वडाध्यक्ष सम्मानित

 बिहिबार, असार ७, २०८१ | onlinenews
Share this

रामेछाप– मन्थली नगरपालिका–४ मा रहेको श्री सेतीदेवी माध्यमिक विद्यालयले आफ्नो बार्षिक उत्सवको अवसरमा वडाध्यक्षलाई सम्मान गरेको छ ।
विद्यालयले ६४ औँ बार्षिक उत्सवको अवसरमा वडाध्यक्ष राजन घिमिरेलाई वडा भरिमै शैक्षिक सुधारका लागि प्राथमिकतामा राखेर काम गरेको भन्दै सम्मान गरेको छ । वडाध्यक्ष निर्वाचित भएर जिम्मेवारी सम्हालेदेखि नै वडाको शैक्षिक स्थित सुधारलाई प्राथमिकतामा राखेर काम गरेको वडाध्यक्ष घिमिरेले बताए । बिकास र परिवर्तनका लागि शैक्षिक स्थिति र स्तरमा सुधार हुन जरुरी रहेको ठहर सहित आफूले वडामा काम गरेको उनको भनाइ छ ।


निश्चित स्रोत र साधनलाई सबैतिर ब्यबस्थापन गर्दा कठिन नै हुने रहेछ तर पनि प्राथमिकतामा काम गरेको छु घिमिरेले भने । विद्यालयले बिहीवार मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा बिबिध कार्यक्रम गरी ६४ औँ बार्षिक उत्सव मनाएको छ ।

Share this

प्रतिकृया

Add