फास्टफूड एशोसियसन नेपालद्धारा एकै दिन १ सय २३ पिन रगत सङ्कलन

 आइतवार, असार १०, २०८१ | onlinenews
Share this

 

सन्तोष ढुङ्गेल


काठमाडौँ- फास्टफूड एशोसियसन नेपालले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा १ सय २३ पिन रगत सङ्कलन भएको छ । काठमाडौँको कोटेश्वरमा रहेको एवान पार्टी प्यालेसमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय २३ जनाले १–१ पिन रगत दान गरेको आयोजक संस्था फास्टफूड एशोसियसन नेपालका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।


दैनिक रगतको अभावमा सयौँ मानिसले ज्यान गुमाउनु परेको अवस्थामा थोरैको भए पनि ज्यान बचाउन सहयोग पुग्ने आशा लिएको पनि अध्यक्ष श्रेष्ठले बताए । कोभिडको महामारीको बेला पनि संस्थाले आफ्ना सदस्यहरूलाई राहत प्रदान गरेको थियो ।


सेवा उत्कृष्टता, खाद्य स्वच्छता फास्टफूड एशोसियसनको प्रतिबद्धता भन्ने मूल नाराको साथ २०६१ सालमा स्थापना भएको यस एशोसियसनले नेपालभर रहेका फास्टफूड व्यवसायीको प्रतिनिधित्व गर्दछ । गैर नाफामूलक संस्था भएकाले सामाजिक कार्यमा सँधै अग्रसर रहेको संथाका सल्लाहकार हरिबहादुर श्रेष्ठ (नवीन) बताउँछन् । बेलाबेला रक्तदानको आयोजना गरिरहेको र आगामी दिनमा थप नयाँ कार्य गर्ने लक्ष्य लिइएको अनि श्रेष्ठले बताए । एसोशियसनले धेरै उत्कृष्ट कार्य गरिरहेको र यसलाई निरन्तरता दिनु पर्ने संस्थाका संस्थापक अध्यक्ष ताराराम श्रेष्ठको भनाइ छ । फास्टफूड एशोसियसन २०६१ सालमा ताराराम श्रेष्ठको अध्यक्षतामा गठन भएर हालसम्म निरन्तर सामाजिक कार्यमा सक्रिय रहेको छ ।

Share this

प्रतिकृया

Add