तेस्रो राष्ट्रिय डुङ्गा प्रतियोगिता

 मङ्लबार, असार १२, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछापको सेलेघाटमा तेस्रो राष्ट्रिय डुङ्गा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मन्थली नगरपालिकाको सेलेघाटस्तिथ त्रिवेणीमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन् बागमती प्रदेश खेलकुद विकास मन्त्री रमा आलेले गरेकी हुन् ।

डुङ्गा प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले माझी समुदायको परम्परागत पेशाको रुपमा पहिचान बनाएको डुङ्गा ब्यवसायको संरक्षणसँगै डुङ्गा ब्यवसायलाई आय आर्जनको माध्यमका रुपमा समेत विकास गर्नुपर्ने बताइन् । प्रतियोगिता राष्ट्रिय प्रतियोगिता भएकोले यसलाई ब्यापक बनाउन पनि सुझाव दिइन् । जसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताइन् ।

न्यू स्टार युवा कल्व कुनौरीको आयोजना तथा माझी उत्थान सङ्घ रामेछापको समन्वय र राष्ट्रिय खेलकुद परिषदको प्रायोजनमा भएको आयोजना गरिएको प्रतियोगितामा रामेछाप सिन्धुली, दोलखा, सुनसरी र ओखलढुङ्गा जिल्लाका डुङ्गा चालक खेलाडीहरुको सहभागिता रहेको छ । माझी समुदायको परम्परागत पेशाको रुपमा रहेको डुङ्गा ब्यवसायलाई राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेलका रुपमा मान्यता दिएसँगै हरेक बर्ष यो प्रतियोगिताको आयोजना गरिदै आएको छ ।

प्रतियोगितामा ५ वटा जिल्लाका गरी डवल विधातर्फ २९ टिम, र सिङ्ल विधातर्फ २६ टिमको सहभागिता रहेको छ । उक्त खेल अन्तर्गत खेलाडीहरुले प्रतिस्पर्धाका आधारमा डुङ्गालाई त्रिवेणीको वारी किनारबाट पारीसम्म पुर्उनु पर्ने आयोजकले बताएको छ । प्रतियोगिता उद्घाटन् कार्यक्रममा बागमती प्रदेशका सांसद आनन्दकुमार श्रेष्ठ लगायत जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share this

प्रतिकृया

Add