मन्थलीमा सिट्रस ग्रिनिङ नियन्त्रण विरुद्धको र्याली

 मङ्लबार, असार १२, २०८१ | onlinenews
Share this

 

रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोमवार सदरमुकाम मन्थलीमा र्याली निकालेको छ । विभिन्न अमिलो जातको विरुवाहरुमा लागेको फल कुहाउने औँसा र सिट्रस ग्रिनिङ नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धी जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको र्यालीमा मन्थली नगरप्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत जिल्लाका अगुवा कृषक तथा जिल्लास्थित जनप्रतिनिधि सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । र्यालीमा

सुुरक्षाकर्मी, आयोजनाका कर्मचारी तथा जिल्ला कृषि विकास कार्यालयको प्रमुख, प्राविधिक लगायत सरकारी कार्यालयहरुका कर्मचारीहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो । कार्यालयबाट निस्किएको र्याली विभिन्न प्लेकार्ड र सन्देशमूलक प्रचार सामग्रीसहित मन्थली बजार परिक्रमा गरी मन्थलीस्थित ट्राफीक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा कार्यक्रमका प्रमुख अतिथि बागमतस् प्रदेशका सांसद आनन्द श्रेष्ठले सिट्रस ग्रिनिङ नियत्रण तथा ब्यवस्थापन गराउने मुख्य उद्देश्यले परियोजनाले निकालेको सचेतनामूलक र्याली प्रभावकारी भएको बताए । यसलाई सबै कृषकहरुको घरघरमा पुर्याउनु पर्ने पर्ने पनि संसाद श्रेष्ठले बताए । कोणसभामा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा, रामेछाप नगपालिका उपप्रमुख बालकुमारी कार्की लगायतले यस अभियानलाई कृषकको घरघरसम्म पुर्याउनु पर्ने धारणा राखेका थिए । कार्यक्रमका परियोजना प्रुमख थिरलाल गैरेले र्यालीको बारेमा जानकारी गराएका थिए ।

Share this

प्रतिकृया

Add