नगर उद्योग वाणिज्य सङ्घको स्थापना दिवसमा बिरामीलाई फलफूल

 मङ्लबार, असार २६, २०८१ | onlinenews
Share this

 

रामेछाप- रामेछाप नगर उद्योग वाणिज्य सङ्घको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । सङ्घको स्थापना दिवसको अवसरमा रामेछाप अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो ।
सङ्घको नवौँ स्थापना दिवसको अवसरमा मङ्गलबार अस्पतालमा बेड भर्ना भएका ६ जना बिरामीलाई स्याउ, केरा, आँप, बिस्कुट र जुस वितरण गरेको रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष अमित कुमार तामाङले जानकारी दिए ।

रामेछाप नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष समीर कार्की, वडा नम्बर ८ का वडाध्यक्ष सन्तोष कुमार तामाङ र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अचुत पौडेल सहितको उपस्थितमा बिरामीलाई फलफुल वितरण गरिएको थियो । रामेछाप नगर उद्योग वाणिज्य सङ्घमा ५ सय ६५ जना उद्योगी व्यवसायी सदस्य रहेका छन् ।

Share this

प्रतिकृया

Add