प्रहरीद्धारा सडक सरसफाई

 सोमवार, असार ३२, २०८१ | onlinenews
Share this

रामेछाप- जिल्ला प्रहरी कार्यालय रामेछापले आइतवार बिहान मन्थलीस्थित प्रहरी चौकीदेखि बसपार्कसम्मको सडक सरफाई गरेको छ । सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रामेछापल आयोजना गरेको सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, रामेछाप, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी र रामेछाप उद्योग वाणिज्य सङ्घ, तथा मन्थली नगरपालिका–१ का वडाध्यक्ष होमप्रसाद पौडेलको सहभागितामा सडक तथा सडकको दायाँ बाँया किनारा सरसफाई गरिएको हो । सरसफाइका क्रममा सडकमा रहेको फोहार उठाउँका साथै सडकको दाँयाँबाँया सडकमा बाधा पु¥याएका झाँडी तथा बुट्यानहरु पन्छाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापको मुलगेटबाट सुरु भएको सरसफाई कार्यक्रम मन्थली बसपार्कसम्म सरसफाई गरिएको थियो । उक्त क्षेत्रमा रहेका स्थानीयको घर आगनमा रहेका फोहोर समेत सरफाई गर्नुका साथै घरबेटीहरुलाई आफ्नो घर वरिपरि सरसफाई गरी सफा राख्न पनि सुझाव दिइएको थियो । जिल्ला प्रहरी कार्यालय तर्फको सडक साथै बसपार्क सरसफाई गरी आइतवारको सरसफाई कार्यक्रम समापन गरिएको थियो ।

सरफाई कार्यक्रमलाई साप्ताहिक रुपमा निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बताए । प्रत्येक साताको शुक्रवार बिहान ७ बजेदेखि ८ बजेसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिने पनि डिएसपी सिंहले बताए । प्रहरी कार्यालयको आयोजनामा सञ्चालन हुने सप्ताहव्यापी सरसफाई कार्यक्रममा आगामी दिन सहभागि भइदिन स्थानीयवासी तथा सरोकारवाला सङ्घसंस्थाहरु पनि अनुरोध गरिएको छ । सफा र सुन्दर नगर बनाउने उद्देश्यले सरसफाई कार्यक्रमको सुरुवात गरिएको डिएसपी सिंहले बताए ।

सरसफाई कार्यक्रममा सहभागि रामेछाप उद्योग वाणिज्य सङ्घका महासचिव कुमार श्रेष्ठले आइतवारको सरसफाई कार्यक्रम प्रहरी कार्यालय आकस्मिक रुपमा आयोजना गरेकाले स्थानीय र व्यवसायीलाई सहभागि गराउन नसकिएको बताए । आगामी हप्तादेखि भने स्थानीयवासी तथा व्यवसायीहरुलाई पनि सरफाई कार्यक्रममा सहभागि गराउने महासचिव श्रेष्ठलेब ताए । सुरक्षा निकायले साप्ताहिक रुपमा आयोजना गर्ने गरी सरसफाई कार्यक्रम सञ्चालन गर्नु स्रहानीय कार्य भएको भन्दै धन्यवाद ब्यक्त गरे ।

Share this

प्रतिकृया

Add