एमनेस्टी इन्टरनेसनल राष्ट्रसङ्घ हाराहारीको संस्था हो : ढुङ्गेल

 सोमवार, असार ३२, २०८१ | onlinenews
Share this

 

रामेछाप- एमनेस्टी इन्टरनेसनल समूह १९ रामेछापका निवर्तमान अध्यक्ष हिमाल ढुङ्गेलले एमनेस्टी इन्टरनेसनल संयुक्त राष्ट्रसङ्घ कै हाराहारीको संस्था भएको बताए । सोमवार एमनेस्टी इन्टरनेसनल समूह १९ रामेछापको ११ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमनेस्टी इन्टरनेसनल संसारभरिका १ सय ५० भन्दा बढी देशहरूमा एक करोड सदस्यहरूको सञ्जाल रहेको संस्था भएको बताए । जसरी संयुक्त राष्ट्र सङ्घले युद्ध रोक्न पहल गर्छन्, मानव अधिकार उल्लङ्घनका घटनलाई रोक्न पहल गर्छ, संयुक्त राष्ट्रसङ्घ कै हाराहारीमा रहेर एमनेस्टी इन्टरनेसनले पनि मानव अधिकारको क्षेत्रमा काम गरिरहेको छ, ढुङ्गेलले भने ।

उनले भने– जहाँ एमनेस्टी पुगेको छ, त्यहाँ भोका बालबालिकाहरूले खान पाएका छन् । घरबार बिहीनहरूलाई घर बनाएर राखिएको छ, मृत्युदण्डको मुखमा पुगेका नागरिकलाई मृत्युदण्डबाट बचाइएको छ । एमनेस्टीका सदस्यहरूको आवाजले विश्वभर धेरै मानिसहरूको ज्यान बचेको छ, मानव अधिकार उल्लङ्घका घटनाहरू रोकिएका छन् । धेरै बस्तीहरू आगलागी हुनबाट जोगाइको छ, उनले भने । युद्ध र मानवअधिकार उल्लङ्घनका कारण ज्यान जोखिममा परेका नागकिरहरूलाई बचाउन र मानव अधिकार स्थापना गर्न एमनेस्टी इन्टरनेसनलको ठुलो भूमिका रहेको भन्दै समूह १९ रामेछापलाई आफ्ना गतिविधिहरू बढाउन पनि उनले आग्रह गरे ।

तामाकोसी अस्पतालका अध्यक्ष गोविन्द घिमिरले अहिले पनि संसारका विभिन्न देशहरूमा कुनै न कुनै रुपमा मानव अधिकार उल्लङ्घनका घटनाहरू भइरहेको बताए । विभन्न देशहरूमा अहिले पनि मानव अधिकारका जघन्य अपराधहरू भइरहेको छ, तर पछिल्लो समय नेपालमा भने मानव अधिकार उल्लङ्घनका घटना खासै भएका छैनन्, उनले भने । मानव अधिकार उल्लङ्घन हुनबाट जोगाउन मानव अधिकारवादी संस्थाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै आफ्नो भूमिकालाई सव्रिmय बनाउन एमनेस्टी इन्टरनेसनल रामेछापलाई आग्रह समेत गरे ।

रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापका अध्यक्ष नवीन थापा मगरले एमनेस्टी इन्टरनेसनलले युद्धको चपेटामा परेका नागरिकहरूको ज्यान बचाउनुमा ठुलो योगदान पु¥याएको बताए । एमनेस्टी इन्टरनेसनल समूह १९ रामेछापका अध्यक्ष अप्रिल अधिकारीको अध्यक्षतामा सम्पन्न भएको ११ औँ वार्षिक साधारण सभाले साङ्गठानिक तथा आर्थिक प्रतिवेदन पनि पास गरेको छ ।

Share this

प्रतिकृया

Add