काँग्रेसले तोक्यो रामेछाप नगरपालिकाको उम्मेदवार मेयरमा नरबहादुर थापामगर

 बुधबार, बैशाख १३, २०७४ | onlinenews

बैशाख  १३, रामेछाप– नेपाली कांगे्रसले रामेछाप नागरपालिको मेयर सहितको उम्मेदवार चयन गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय समितिको बैठकले उम्मेदवार चयन गरेको हो ।
काँग्रेसले रामेछाप नगरपालिकाको मेयर उपमेयरसँगै ८ वडा अध्यक्षको पनि चयन गरेको छ । केही वडा अध्यक्ष बाहेक सबै उम्मेदवारहरु सर्वसम्मतिबाट चयन गरिएको नेपाली कांग्रेस रामेछाप नगरकमिटिका उपाध्यक्ष केदार कार्कीले जानकारी दिए ।
काँग्रेसले मेयरमा नरबहादुर थापामगर र उप–मेयरमा सिर्जना कार्कीलाई टिक दिने निर्णय गरेको छ । त्यसैगरी वडा अध्यक्षमा डा नं १ का लागि रेवतबहादुर खत्री, वडा नं. २ टहलबहादुर कार्की, वडा नं.३ नवराज ढकाल, वडा नं ४ टुपेन्द्र तामाङ, वडा नं. ५ हरिशचन्द्र श्रेष्ठ चयन भएका छन् । त्यस्तै वडा नं. ७ शमिर कार्की, वडा नं. ८ गौतमकुमार श्रेष्ठ र वडा नं. ९ बाट रमेश तामाङलाई टिकट दिने निर्णय गरिएको नेपाली काँग्रेसले जानकारी दिएको छ ।
वडा नं. ६ मा भने मिनबहादुर तामाङ र डविन्द्र तामाङ आकांक्षी भएका टुङ्गो लाग्न नसकेको काँग्रेले जनाएको छ ।

 टिकटको विषयलाई लिएर नगर संयोजको आपत्ति

रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरको वडा अध्यक्षको उम्मेदवारको विषयलाई लिएर नेपाली काँग्रेस नगर संयोजक कमविक्रम कार्कीले आपत्ति जनाएका छन् । संयोजक कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले पार्टीबाट राजीनामा दिएको समेत घोषणा गरेका छन् ।
वडा नं. ७ मा वडा अध्यक्षको आकांक्षीय धेरै भए पनि समिर कार्कीलाई वडा अध्यक्षको टिकट दिने निर्णय गरेको छ । पार्टीले समिरलाई टिकट दिने निर्णय गरेपछि कमल विक्रमले सामाजिक सञ्जाल मार्फत पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

एमालेले पनि मेयर सहित वडा अध्यक्षहरु तोक्यो

नेकपा एमालेले रामेछाप नगरपालिका अन्र्तगत मेयर, उपमेयर सहित ८ वडा अध्यक्षहरुको टुङ्गो लगाएको छ । नेकपा एमाले रामेछाप नगर कमिटिको  वैशाख ८ गते बसेको बैठकको मेयरमा रोशन पाख्रिन र उपमेयरमा शान्ता पौडेल (सापकोटा) को नाम सिफारिस गरेको थियो ।
एमालेले वडा अध्यक्षमा वडा नं १ मा नरबहादुर थापा, वडा नं. २ एकेन्द्र बहादुर रोका, वडा नं. ३ भुपाल श्रेष्ठ, वडा नं.४ सुन्दर घिमिरे, वडा नं. ५ कुमार श्रेष्ठ, वडा नं. ६ धनबहादुर खड्कालाई टिकट दिने निर्णय गरेको छ । त्यस्तै वडा नं ७ ढालबिक्रम कार्की, वडा नं.८ सुमन श्रेष्ठ र वडा नं. ९ देवबहादुर श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।

माओवादीको मेयर उपमेयर नै तय भएन

रामेछाप नगरपालिका भित्रका दुई ठूला दलले उम्मेदवारको टुङ्गो लगाए पनि नेकपा माओवादी केन्द्रले भने मेयर र उपमेयर कसलाई बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन ।
मेयरमा शिशिर खड्गी र रत्नबहादुर नेवारको नाम चर्चामा आए पनि मेयरको उम्मेदवार को हो ? भन्ने यकिन भैसकेको छैन । मेयर र उपमेयर उम्मेदवार सर्वसहम्मत बनाउन माओवादी केन्द्र जिल्ला कमिटि रामेछापको वैठक दुई दिनदेखि सदरमुकाम मन्थलीमा चलिरहेको स्रोतले बताएको छ ।

प्रतिकृया

Add