भ्रष्टाचारको फाइल खोलेर सरकार ढलेको होइन : श्रेष्ठ

 शनिबार, साउन ५, २०८१ | onlinenews
Share this

 

रामेछाप- बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकार भ्रष्टारको फाइल खोेलेको ढलेको नभई सरकारले काम गर्न नसकेको कारण ढलेको बताए । राजनीतिक स्थिरता, सुशासन र देश विकासका लागि सरकार परिवर्तन भएको बताए । राजनीतिक स्थायित्य, सुशासन, सिथिल बनेको अर्थतन्त्रको सुधार दिगोका विकास लागि सरकार परिवर्तन भएको सांसद श्रेष्ठको भनाइ छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिकोत्वस कार्यक्रमका अवसरमा शनिवार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित मन्थली नगरपालिकाको पर्यटन प्रवर्धन विषयक बहस पैरवी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति समेत रहेका सांसद श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र सिथिल अवस्थामा रहेको आर्थिक विकासका लागि काँग्रेस र एमालेको गठबन्धन निर्माण भएको बताए । राजनीतिक ‘स्टनबाजी’ले मुलुक अगाडी बढ्न नसक्ने निष्कर्षका साथ अहिले देखिएका समस्याहरूको समाधान गर्दै नागरिकको चाहना अनुसारका काम गर्न यो गठबन्धन बनेको सांसद श्रेष्ठको भनाइ छ ।

सरकारबाट बाहिरएका दलहरुले भ्रष्टाचारको फाइलहरू खोलेको कारण सरकार ढालिको भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै सांसद श्रेष्ठले भने त्यो स्टनबाजी मात्र हो । अघिल्लो सरकारले कामको सट्टा स्टनबाजी मात्रै गरेको कारण सरकार ढलेको पनि उनको भनाइ छ । अहिलेको सरकारका विरुद्धमा रहेकाहरूले यस्तो हल्ला चलाएर जनतामा गलत सन्देश प्रवाह गरिरहेको सांसद श्रेष्ठले भने । उनले भने– बच्चालाई पुतली दिएर केही छिन भुलाएजस्तै सरकारबाट बाहिरिएका दलहरुले स्टनबाजी गरेर जनतालाई झुक्याउने प्रयत्न गरिरहेका छन् । केही समयत जनतालाई भुलाउन सक्लान तर जनताले सत्य कुरा थापा पाएको दिन उनीहरु नै नाङ्गेझार हुने छन् उनले भने ।

सांसद श्रेष्ठले रामेछापको मन्थली नगरपालिका पर्यटन विकासका लागि ठुलो सम्भावना बोकेको नगरपालिका भएकाले यहाँको पर्यटन विकासका लागि पूर्वाधार निर्माणका लागि आफूले पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् । मन्थली विमान स्थलबाट वर्षमा दुई सिजनमा भइरहेको लुक्ला उडानलाई थप व्यवस्थित बनाउन र मन्थली–काठमाडौँ नियमित उडानको व्यवस्था गर्न थप पहल गर्ने पनि सांसद श्रेष्ठले बताए ।

Share this

प्रतिकृया

Add