माओवादी केन्द्रबाट रामेछाप नगरपालिको मेयरमा शिशिर खड्गी

 सोमवार, बैशाख १८, २०७४ | onlinenews

वैशाख १८, रामेछाप- नेकपा माओवादी केन्द्रले रामेछाप नगरपालिकाको मेयर, उपमेयर सहित सवै वडा अध्यक्षको उम्मेदवार चयन गरेको छ । अन्य दुई ठूला दल एमाले र काँग्रेसले यसअघिनै मेयर उपमेयर सहित सवै वडाका वडा अध्यक्षको उम्मेदवार चयन गरिसकेको छ ।
भोली हुने उम्मेदवारी नोमिनेशनको मितिलाई मध्यनजर गर्दै सबै उम्मेदवारहरु तय गरेको नेकपा माओवादी केन्द्रका नगरकमिटि ईन्चार्ज मोतीलाल तामाङले जाकारी दिए ।
रामेछाप नगरपालिकाबाट मेयरमा रत्न नेवार र शिशिर खड्गी दुईजना रहेको त्यसैगरी उममेयरका लागि पार्टीभित्रका पाँचजना आकांक्षी रहेकाले उम्मेदवारी घोषणामा ढिलाई भएको पार्टीस्रोतले हाम्रो अनलाईनलाई जानकारी दिएको छ ।
रामेछाप नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट शिशिर खड्गी, त्यसैगरी उपमेयरमा ईन्दिरा बख्रेलको नाम टुङ्गो लगाएको छ । खड्गीको घर रामेछाप नगरपालिका वडा नं. ९, ल्यांङल्याङ हो भने उपमेयर बख्रेलको घर रामेछाप नगरपालिका वडा नं. २ हो । केन्द्रले रामेछाप नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारी भन्दा बाहेक सवै वडा अध्यक्षहरु यस अघि नै घोषणा गरि सकेको थयो ।
नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवारहरुमा वडा नं. १ बाट दुर्गा थापा, २ बाट निरकुमार श्रेष्ठ, ३ बाट राजेन्द्र श्रेष्ठ (प्रधान)  ४ बाट जयबहादुर योञ्जन रहेका छन् । त्यसैगरी वडा ५ बाट भिमबहादुर तामाङ, वडा नं. ६ बाट मोतीलाल तामाङ, वडा नं ७ बाट राजु बिक्रम बस्नेत, वडा नं ८ बाट सरोज कटुवाल र वडा नं.९ बाट चन्द्रबहादुर श्रेष्ठ रहेका छन् । वडा नंं ७ को वडा अध्यक्षको उम्मेदवारमा चुक्त बहादुर मगर र राजु बिक्रम बस्नेत आकांक्षी रहेको हुँदा हिजो मात्र बस्नेतलाई उम्मेदवारी घोषणा गरेको थियो ।
सोमबार झाँझ भएको उम्मेदवारी घोषणालाई सवैले चासोका साथ लिएको रामेछाप नगरपालिकामा तिन ठुला दलले आफ्नो सवै उमेद्धार घोषणा गरिसकेको छ । जसमा मेयरमा नेकपा एमालेबाट रोशन पाख्रिन, नेपाली काँग्रेसबाट नरबहादुर मगर रहेका छन् भने उप मेयरमा नेकपा एमालेबाट शान्ता पौडेल (सापकोटा) र नेपाली काँगेसबाट सिर्जना खड्का रहेकी छन् ।

प्रतिकृया

Add