क्यालिफोर्नियामा भिषण आगलागी

 आइतवार, साउन १३, २०८१ | onlinenews
Share this

उत्तरी क्यालिफोर्नियामा भिषण आगलागी भएको छ । यो आगलागी पश्चिमी अमेरिकी राज्यमा अहिलेसम्मकै ठूलोमध्ये सातौँ ठुलो आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

‘क्यालिफोर्निया पार्क फायर’ मा शनिवार साँझसम्म तीन लाख ५० हजार हेक्टरभन्दा बढी भागमा फैलिएपछि यो क्यालिफोर्नियाको इतिहासमा रेकर्ड गरिएको सातौँ ठूलो आगलागी भएको राज्य एजेन्सी क्याल फायरले जनाएको छ ।
राज्यको राजधानी स्याक्रामेन्टोबाट करिब १४५ किलोमिटर उत्तरमा रहेको सिको सहरनजिकैको ठूलो ग्रामीण पहाडी क्षेत्रमा भएको आगलागीबाट चार हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । ‘फैलिँदै गएको आगोले अग्नि नियन्त्रकलाई चुनौती दिइरहेको छ,’ क्याल फायरले एक्सको एक पोस्टमा जानकारी गराएको छ । एजेन्सीका अनुसार एक दर्जनभन्दा बढी हेलिकोप्टर र विमानका साथै तीन हजार ७०० भन्दा बढी कर्मचारीको प्रयासका बाबजुद पनि आगो १० प्रतिशत मात्र निभाउन सकिएको अधिकारीहरुले बताएका छन् ।

कम तापक्रम र उच्च आर्दताले आगलागीको गति कम भए तापनि अझै फैलिरहेको एजेन्सीले जनाएको छ । क्याल फायरको पछिल्लो अपडेटमा आगलागीका कारण २० वटा संरचना नष्ट भएको पुष्टि गरेको छ । जलिरहेको कारलाई सुक्खा झाडीमा धकेलेर आगो लगाएको आशंकामा ४२ वर्षीय व्यक्तिलाई बिहीवार प्रहरीले हिरासतमा लिएको थियो थियो ।

Share this

प्रतिकृया

Add