नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रौतहट– समय र परिबेश कतिवेला फेरिन्छ यसको पूर्वानुमान गर्न गाह्रो पर्छ । तर खराब परिवेशलाई पनि कसरी आफू अनुकुल बनाउने भन्ने योजना भने सबैले बनाउनु जरुरी हुन्छ । कमाउन परदेश गएकाहरुले पनि सँधै कमाएर मात्र फर्कन्छन् भन्ने हुँदैन । कहिलेकहिँ धुकधुकी सास र जिउँदो लाश भएर फर्कदा परिवारले देखेको सपना भत्कन्छ । भत्किएका सपनालाई सम्हालेर कसरी घर व्यवहार चलाउने भन्ने कुराको पनि सोच बनाउनुपर्छ भन्छिन् तेतरी देबी । रौतहट जिल्लाको गरुडा नगरपालिका–५ की तेतरी देबीलाई बिदेशको सपना निल्नु न ओकल्नु जस्तै बनेको छ । २ बर्ष अघि परिवारको खुसी खोज्न मलेसिया भएका उनका श्रीमान निमोनियाको समस्याले काम गर्न नसकेर थलिएपछि जिउँदो लास बनेर घर आए । ४ छोरा, १ छोरीका अभिभावक घरको कमाउने मान्छे नै गरिखानु न मरिजानु भएपछि शत्रुको आँखा र दैवको श्राप नै आफूमाथि खनिएजस्तो लाग्छ तेतरी देविलाई ।
श्रीमान काम गर्न नसक्ने भए । घरमा खाने अन्न पनि छैन । छोराछोरीको पढाईखर्च सम्झँदा रातभरी तेतरीदेबिका आँखा जोडिदैनन् । परिवारको पेट भर्न र छोराछोरीको पढाइका खर्च समेत ऋण काढ्नु परेको छ । श्रीमानको उपचारको लागि धेरै पैसाको चाँजोपाँजो मिलाउनु पर्ने परेपनि रोगले थलिएर धुकधुकी श्वास मात्र लिएर भएपनि श्रीमान घर फकिएकामा तेतरी देवि खुसी छिन् ।महिनाको ९ हजार ब्याज तिर्नेगरी ३ लाख साहुबाट ऋण काढेर मलेसिया गएका श्रीमान आफैँ अरुको साहारा खोज्ने भएर फर्किएपछि तेतरीले देखेका सपना त भत्किए नै, लिएको ऋण र ऋणको व्याज कसरी तिर्ने भन्ने भन्ने चिन्ताले उनलाई सताइरहन्छ । श्रीमान बिरामी भएर फर्किएपछि उनलाई परिवारमा चट्याङ्ग बज्रिएजस्तै भएको छ ।
तेतरी भन्छिन् चुनौतीसँगै अवसर पनि आउछ भने झै मेरो लागि भगवानले वित्तिय साक्षरता कक्षाको रुपमा अर्को अवसर दिनुभयो । उनी वैदेशिक रोजगारिको परिवार भएकोले र वित्तिय साक्षरता कक्षामा सहभागी हुन चाहिने सबै मापदण्ड भित्र परेकाले १ वर्ष पहिला गरुडा नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा सञ्चालित राम जानकी वित्तिय साक्षरता कक्षामा सहभागी भइन् । वितिय साक्षरता कक्षामा बसेर आम्दानिको बाटो भेटेपछि भने तेतरी देवीको जीवनको बाटो नै फेरियो ।
समस्या नै समस्याको पोखरीभित्र डुबेकी तेतरी देबिलाई गरुडा नगरपालिकाले चलाएको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा मनको पीडा भुलाउने मलम बनेको छ । डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा गाउँमा चलेको कक्षामा जान थालेपछि तेतरीदेविले आफ्नो मनको घाउ निको हुन लागेको जस्तै महसुस गरेकी छन् । उनले वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा बस्न थालेपछि उनले परिवार ब्यवस्थापन, वित्तीय लक्ष्य निर्धारण, बचतको महत्व, लघु उद्यम व्यवसाय र व्यवसायिक योजनाहरुको बारेमा जान्न पाएकी छन् । तेतरीको श्रीमान विदेशबाट फर्किएपछि आम्दानीको बाटो बन्द भयो । एकातिर श्रीमानको उपचार, अर्कातिर ५ जना छोराछोरीको पेट भर्ने जिम्मेवारी थियो उनको थाप्लोमा । घर चलाउन गाह्रो भएपछि तेतरी देविले व्यवसाय गर्ने सोच बनाइन् । तर व्यवसाय गर्न न आफूसँग पैसा थियो न त साहुले पत्याए । साहुसँग पहिलेकै ऋण तिर्न बाँकी थियो उनको । उनलाई व्यवसायको लागि चाहिने पैसा जुटाउन मुस्किल भयो । तेतरीले अरुको साथ पनि पाइनन् ।
कक्षामा नियमित जान थालेपछि वितीय साक्षरता सहजकर्ता तेतरीलाई दुःखको साथीजस्तै लाग्न थाल्यो । उनले सहजकर्तालाई सबै व्यथा सुनाइन् । उनले कसैले सहयोग गरे घर चलाउनको लागि व्यवासाय गर्ने सोच बनाएको सुनाइन् । सहजकर्ताले उनलाई नआत्तिनु भन्दै सहानुभुति दिए । सहजकर्ताले उनलाई सकेको प्रयास गरेर सहयोग गर्छौ भन्दा तेतरी ढुक्कसँग रातभरी निदाइन् । वित्तीय साक्षरता सहजकर्ताले मेरो घरको समस्याका बारेमा नगरप्रमुखलाई सुनाउनु भएछ । नगरप्रमुखले मलाई नगरपालिकामा भेट्न समय दिनुभयो । मैले नगरप्रमुखलाई भेटेर सबै कुरा सुनाउन पाएँ । नगरप्रमुखलाई आफ्ना कुरा सुनाउँदा आफूलाई थिच्ने पहाड पन्छाए झैँ हलुङ्गो तेतरीले भनिन् ।
तेतरीले नगरप्रमुखलाई कक्षामा बसेपछि आफूमा हिम्मत आएको कुरा बताइन् । आफूमा आएको हिम्मत र आँटले व्यवसायमा समेत सफल हुने कुरामा विश्वस्त भइन् तेतरीदेवि । उनको आँट र साहस देखेर नगरप्रमुखले तत्कालका लागि ४० हजार रुपैयाँ दिने बचन दिए । नगरप्रमुखको सहयोग पाएर दङ्ग हुँदै घर फर्किइन् उनी । नगरप्रमुखले बचन दिए अनुसार उनले ४० हजार पाइन् । नास्ता बनाउन सिपालु तेतरी देवीले श्रीमानसँग सल्लाह गरेर नास्ता पसल खोलिन् । उनले पसलमा चिया, पुरी तरकारी र खाजाका अन्य परिकारहरु बनाएर बेच्न थालिन् । परिवारमा हातमुख जोर्न समेत हम्मेहम्मे परेको बेला नगरप्रमुखको सहयोगले तेतरीको परिवार अघिपछि झैँ चल्न थाल्यो । अहिले पसलको आम्दानीले तेतरीको परिवार त चलेको छ नै त्योसँगै उनको ४ जना छोराछोरीको स्कुल खर्च समेत तेतरीकै कमाइले धानेको छ । उनले बिहानदेखि साँझसम्म चिया र नास्ता बेचेर महिनाको ४५ हजारसम्म कमाउछिन् अहिले ।
हरेक महिना तेतरीदेबीले कमाएको पैसाबाट ६ह जार रुपैयाँ बचत गरेकी छन् । उनले श्रीमान बिदेश जाँदा लागेको ऋण तिर्ने वित्तीय लक्ष्य बनाएकी छन् । उनले खाजा नास्ता पसलसँगै ४ वटा बाख्रा किनेर छोराछोरीलाई साँझ बिहानको काम दिएकी छन् । उनी भन्छिन् बच्चाहरु स्कुल जानु अघि र फर्किएपछि यीनीहरुकै स्याहारबाट बाख्राबाट पनि आम्दानी हुन्छ । यसरी साँझ बिहान के खाँउ के लाउँ भन्ने तेतरीलाई नगरप्रमुखको सहयोगले जीवन चलाउने आधार बनाइदिएको छ । नगरप्रमुखसम्म गएर आफ्नो गुनासो सुनाउन पनि वित्तीय साक्षरता कक्षा नभएको भए सम्भव थिएन भन्छिन् तेतरी देबी । अब आफूले चलाएको पसलको आम्दानीले घर चलाउन पुग्ने भएपछि श्रीमान निको भएपनि बिदेश नपठाउने निर्णय लिएकी छन् उनले । श्रीमान विदेशमा पठाएर घरबारी जोडौंला भन्ने सोच भत्किएपनि वित्तिय साक्षरता कक्षाबाट पाएको हिम्मतले जीवन चलाउँछु भन्ने आँट आएको छ तेतरी देबीलाई ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाका वित्तीय साक्षरता सहजर्ताको सहयोगमा सागर बिक्रम बस्नेत