नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
काभ्रे– आफूले चलाएको पसलले कति पैसा कमायो भन्ने थाहा नपाउने भएकी तारादेवीका श्रीमान १० बर्षदेखि मलेसियामा काम गर्दै छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–४ चैनपुरकी तारादेवी गौतम (न्यौपाने) उमेरले ४२ बर्षकी भइन् । उनको घरमा श्रीमान, १ छोरा, १ छोरी र सासुआमा गरी ५ जनाको परिवार छ । घरमा बसेर आफूले सोचेजस्तै जीवन बाँच्न नसकिने देखेर श्रीमान मलेसियामा जानुभयो तारादेवीले भनिन् ।
श्रीमान बिदेश गएपनि तारादेवी कहिल्यै काम नगरी बसिनन् । उनलाई सासु आमाको सेवा गर्दा र छोराछोरीको रेखदेख अनि स्याहारसुसार गर्दा एकछिन फुर्सद हुँदैन थियो । तरादेवीले छोराछोरी स्कुल गएपछि दिन बिताउन र थोरै भएपनि पैसा कमाउँछु भन्ने सोचेर किराना पसल चलाएकी छन् ।
तारादेवीको गाउँमा मण्डनदेउपूर नगरपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले परदेश गएका परिवारबाट बिदेशबाट पठाएको पैसा पाउनेहरुलाई राखेर वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षा चलाउने भयो । डिप्रोक्स नेपाल र सिएमसी नेपालको प्राविधिक सहयोगमा चल्ने वित्तीय साक्षरता कक्षामा धन र मनका कुरा छलफल हुने कुरा थाहा पाइन् । कक्षाको बारेमा थाहा पाएपछि उनले परदेश जानेहरुका श्रीमतीलाई समेत खबर गरेर आफैले लिएर गइन् । नगरपालिकाले गाउँमा समूह गठनको लागि पहिलो भेला राखेको थियो । भेलामा गएर तारादेवीले परदेशको दुःख र कार्यक्रमको बारेमा जाने मौका पाइन् । कार्यक्रमको बारेमा बुझिसकेपछि उनले कक्षामा जाने निधो गरिन् । गाउँमा वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षा चल्न थाल्यो । कक्षामा कहिलेकँही नआउने सहभागीलाई समेत फोन गरेर आफैँ बोलाउथिन् तारादेवी ।
तारादेवी कक्षामा सहभागी भएर घर फर्केपछि पसलमा जान्थिन् । उनलाई कक्षामा छलफल हुने कुरा अत्यन्तै घत लाग्थ्यो । कक्षामा जानेको कुरा घरमा गएर स्मरण गर्थिन् । आफूले सम्झेको कुरा व्यवहारमा तत्काल प्रयोगमा ल्याउथिन् ।
उनी पसलको साहुनी, घरको गृहिणी थिइन् । साहुनी भएपनि उनलाई मेरो पसलबाट कति आम्दानी भइरहेको छ भन्ने थाहा भने हुँदैन थियो । किनकी उनले पसलमा कमाएको पैसा बाकसमा राख्थिन र चाहिएको बेला गन्दै नगनी निकालेर खर्च गर्थिन् । तत्कालै आफूले कति पैसामा कुन् सामान बेचेँ भन्ने थाहा भएपनि सँधैभरी दिनदिनको हिसाव राख्दैन थिइन् उनी ।
जब कक्षामा आम्दानी र खर्चको लेखा राख्ने बिषयमा छलफल भयो, उनी आफ्नो व्यापार र व्यवहार देखेर झसङ्ग भइन् । किनकी उनले किताबमा र कक्षामा भनेझैं कुनै पनि आम्दानी र खर्चको हिसावको लेखा राख्ने अभ्यास गरेकी थिइनन् । उनले बल्ल हिसाव राख्न थालेपछि पसलबाट हुने आम्दानी र परिवारमा हुने खर्चको बारेमा जानकारी पाउन थालिन् । आम्दानी र खर्चको हिसाब जोडेर महिनाको अन्तिममा हिसाव गर्दा खर्च नगर्दा पनि हुने ठाउँमा धेरै खर्च भएको थाहा पाइन् तारादेवीले । आफूले गरेको अहिलेको खर्चले भबिष्यमा पूरा गर्ने आफैले देखेका सपना पूरा नहुने अनुमान समेत लगाइन् उनले । उनले खर्चको बर्गिकरण गर्न सुरु गरिन् र खर्च आवश्यकीय ठाउँमा मात्र गर्न थालिन् ।
तारादेवीले कक्षामा बसेपछि परिवारको बित्तीय लक्ष्य बनाउनु बताएकी छन् । वित्तीय लक्ष्यभित्र छोराछोरीको चाहना र श्रीमान योजना र सासु आमा समेतको योजना अटाएको छ । उनले हरेक महिनाका लागि पारिवारिक बजेट बनाउने अभ्यास समेत गरेकी छन् । यसरी आफूले चलाएको घर व्यवहार र दैनिकीलाई कक्षापछि व्यवस्थित बनाएकी छु तारादेवी भन्छिन् । तारादेवीका श्रीमान मलेसियाबाट २ महिनाअघि मात्र छुट्टीमा घर आएका थिए । कक्षामा तारादेवीले बिदेशको दुःख थाहा पाएकाले श्रीमानलाई समेत अर्काको देशमा बसेर कत्ती दुःख गर्नुहुन्छ ? बरु तपाई मलेसिया फर्कनु पर्दैन हामी दम्पत्ती मिलेर पैसा कमाउने बाटो समात्नु पर्छ भनी श्रीमानलाई हौसला दिइन् । श्रीमानले पनि श्रीमतीको कुरामा हो मा हो मिलाएर मलेसिया नर्फकने निर्णय लिए । उनहरुले दूधको उर्वरभूमि मण्डनदेउपूरमा रहेको आफ्नै घरमा २ वटा दुध दिने गाई पालेकी छन् ।
श्रीमान फर्किएपछि तारादेवीको आँट पनि बढ्यो । तारादेवीले पसलमा सामान थपेकी छन् । पसललाई व्यवस्थित बनाएकी छन् । उनको पसलले महिनामा सरदर १० हजार रुपैयाँ कमाउँछ । दूध बेचेर महिना १५ हजार हात पर्छ । अझै आफूले बनाएको वित्तीय लक्ष्य अनुसारको योजना पूरा हुन उनलाई अहिलेको आम्दानीले नपुग्ने देखिएको छ । आफूले देखेको सपना साकार पार्न उनले खोरमा कुखुरा पनि पाल्ने सोच बनाएकी छन् । तारादेवीको घर आफैले कमाएको पैसाबाट चलेको छ । उनले कमाएको पैसाले घर खर्च, छोरा छोरीको पढाइमा हुने खर्च आफैले पु¥याएकी छन् भने महिनाको ४ हजार रुपैयाँ सहकारी संस्थामा बचत गर्छिन् । भविष्यका लागि साहारा होस् भनेर गरेको बचत लगभग १ लाख जति भइसक्यो तारादेवी भन्छिन् ।
तारादेवी आफ्नो घरव्यवहार आफैले धानेको भएपनि आफूले गरेको व्यवहार व्यवस्थित रहेनछ भन्छिन् । व्यवहार चलाउँदा धेरै कुराको चाँजोपाँचो मिलाउन जानिएन भने व्यवहार मात्र हैन परिवार नै बिग्रने रहेछ उनी भन्छिन् । यसरी वित्तीय साक्षरता कक्षामा बसेर आफ्नो दैनिकी सजिलो बनाइदिएकोमा नगरपालिकासँगै कार्यक्रममा जोडिएका सबै पक्षलाई धन्यवाद दिइन तारादेवीले ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाका वित्तीय साक्षरता सहजर्ताको सहयोगमा सागर बिक्रम बस्नेत