मन्थली बजारमा रोकिएन चोरी

 बिहिबार, भदौ ६, २०८१ | onlinenews
Share this

रामेछाप –रामेछापको सदरमुकाम मन्थलीमा फेरि चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले चोरीका घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडाइ गरिएको भन्ने जानकारी दिएको दुई दिन नवित्दै मन्थलीको मुख्य बजारमै पुनः चोरी भएको हो ।
चोरीका घटना नियन्त्रणका लागि प्रहरीले सतर्कता अपनाएको भनिरहेका बेला बिहीवार बिहान ३ बजार २८ मिनेटको समयमा मन्थली बजारस्थित प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट फ्रिजीको कम्पेसर चोरी भएको हो । सामान चोरी भएको बिहीवार दिउसो थापा भएको प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सका प्रोप्राटर युवराज सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार गोदामसँगै बाहिर आगनमा राखिएको फ्रीजको कम्पेसर चोरी भएको हो ।

गोदाम बाहिर आगनमा राखिएको कम्पेसर काटेर चोरी गरी लगेको सिसिटिभी फुटेजमा देखिएको सुवेदीले बताए । वरिपरिको सिसि क्यामेरा हेर्दा रातोरातो सट र हाफ पाइन्ट लगाएको मान्छेले सामान झोलामा हालेर लगेको देखिएको सुवेदीले जानकारी दिए । चोरी भएको थापा पाएपछि जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी दिएको पनि सुवेदीले बताए । दिनानुदिन चोरीका घटना बढ्दै जादा मन्थली बजार नै असुरक्षित भएको स्थानीयको भनाइ छ ।

Share this

प्रतिकृया

Add