फ्रिजको कम्प्रेसर चोर्ने खड्का विरुद्ध जाहेरी दर्ता

 शुक्रबार, भदौ ७, २०८१ | onlinenews
Share this

 

रामेछाप- बुधवार राति प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट फ्रिजीको कम्पे्रसर चोरी गर्ने मन्थली नगरपालिका–१ का हरिबहादुर खड्का विरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सका प्रोप्राइटर युवराज सुवेदीले शुक्रवार सामान चोरी गर्ने खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता गराएका हुन् ।

खड्कालाई चोरीको सामानसहित प्रहरीले बिहीवार बेलुका पक्राउ गरेपछि शुक्रवार उनी विरुद्ध सुवेदीले प्रहरीमा जाहेरी दिएका हुन् । बिहीवार बिहान ३ बजेट २८ मनेटको समयमा युवराज सुवेदीको पसलबाट गोइङ्का कम्पनीको १९० लिटर फ्रिजको कम्प्रेसर खड्काले चोरी गरेको सिसिटीभी फुटेजबाट पत्ता लागेको थियो ।

चारी गर्ने व्यक्तिको खानतलासी गर्ने क्रममा मन्थली नगरपालिका–१ का ३९ वर्षीय हरिबहादुर खड्कालाई यही भदौ ६ गते बेलुका चोरी भएको सामग्रीसहित नियन्त्रणमा लिई रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।

बिहीवार बिहान ३ बजार २८ मिनेटको समयमा मन्थली बजारस्थित प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सबाट फ्रिजीको कम्पेसर खड्काले चोरी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । सामान चोरी भएको बिहीवार दिउसो थाहा भएपछि प्रत्यूस् इन्टरप्राइजेज एण्ड सप्लायर्सका प्रोप्राटर युवराज सुवेदीले प्रहरीलाई जानकारी दिएका थिए । सुवेदीको गोदामसँगै बाहिर आगनमा राखिएको फ्रीजको कम्पेसर खड्काले चारी गरेको प्रहरीले जनाएको छ ।

गोदाम बाहिर आगनमा राखिएको कम्पे्रसर काटेर चोरी गरी लगेको सिसिटिभी फुटेजमा देखिएको थियो । चोरको हुलियासहित सुवेदीले प्रहरीलाई जानकारी दिएका थिए । सिसि क्यामेराको फेटजबाट चोर पत्ता लागाई प्रहरीले खड्कालाई चोरीको सामान सहित पक्राउ गरेको थियो ।

Share this

प्रतिकृया

Add