दोरम्बाको लेकखर्कमा पहिरोमा परी ११ जना बेपत्ता, थप विवरण आउँन बाँकी

 आइतवार, भदौ ९, २०८१ | onlinenews
Share this

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा पहिरोमा पनि ११ जना बेपत्ता भएको छन् । गय राति ११ बजेको समयमा गाउँमाथिबाट आएको पहिरोमा गरी ११ जना बेपत्ता भएको स्थानीय दावासङ्बु शेर्पाले जानकारी दिए ।
शनिवार साँझा ७ बजेदेखि परेको अबिरल बर्षाका कारण आएको पहिरोले दोरम्बा शैलुङ गाउँपालिका–३ को लेकखर्कमा ४ घर बगाउँदा ११ जना बेपत्ता भएको दोरम्बा शैलुङ गाउँपालिकाका सूचना अधिकारी भोला पाठकले जानकारी दिए । सूचना अधिकारी पाठकका अनुसार अहिलेसम्म २ जनाको शव फेला परेको छ भने अरु ११ जना बेपत्ता रहेका छन् ।

घटना स्थलमा उद्दार कार्य भइरहेको पनि पाठकले जानकारी दिएका छन् । टोकरपुर खोलामा भएको बढीले ढोइगाउँ र टोकरपुर जोडेन् ढोइगाउँ खालोको पक्की पुल समेत बगाएको पाठकले जानकारी दिएका छन् । घटनाको थप विवरण आउँन बाँकी नै छ ।

Share this

प्रतिकृया

Add