पहिरो पीडितलाई एमाले रामेछापको आर्थिक सहयोग

 शुक्रबार, भदौ १४, २०८१ | onlinenews
Share this

रामेछाप- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कका पहिरो पीडितलाई नेकपा एमाले रामेछापले आर्थिक सहयोग गरेको छ । एमाले रामेछापले बिहीवार पीडितहरूको अस्थायी शिविरमा पुगेर आर्थिक सहयोग गरेको हो । पहिरोमा परी ज्यान गुमाएका तथा बेपत्ता भएकाको परिवार र जोखिममा परेका परिवारलाई एमाले रामेछापले आर्थिक सहयोग गरेको छ । पहिरोमा परी ज्यान गुमाएका ८ जना र बेपत्ता भएका २ गरी १० जनाको परिवारलाई एमाले रामेछाप जिल्ला कमिटी र काठमाडौँ सम्पर्क मञ्चको तर्फबाट जनही २५ हजार रुपैयाँका दरले २ लाख ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए ।

उनकाअनुसार पहिरोले पूर्ण रूपमा घर क्षति भएका कर्णबहादुर पहरीलाई २० हजार र पशुधन क्षति भएका गोमा पहरी र गङ्गा पहरीलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले २० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
एमाले बागमती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले पहिरोबाट विस्थापित ५९ परिवारलाईप्रति परिवार ५ हजार ५ सय रुपैयाँका दरले ३ लाख २४ हजार ५ सय राहत रकम हस्तान्तरण गरेका छन् । त्यस्तै एमाले दोरम्बा शैलुङ गाउँपालिका कमिटी र दोरम्बा शैलुङ गाउँपालिका सम्पर्क मञ्चको तर्फबाट विस्थापित ५९ परिवारलाई प्रति परिवार २ हजार रुपैयाँका दरले १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरिएको नेकपा एमाले रामेछापले जनाएको छ ।

विपद्को यो घडीमा केही भने पनि पीडितहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले एमाले रामेछापले बिहीवार प्रदेश कमिटी, जिल्ला कमिटी लगायत विभिन्न कमिटीहरुबाट गरी कुल ७ लाख ३२ हजार ५ सय रुपैयाँ राहत रकम पीडितलाई हस्तान्तरण गरिएको एमाले रामेछापका अध्यक्ष कडरियाले जानकारी दिए ।

राहत रकम हस्तान्तरण कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, एमाले केन्द्रीय सदस्य तथा सङ्गठन विभाग सचिव माधव ढुङ्गेल, एमाले केन्द्रीय सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज कमल चौलागाई, प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम, एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया लगायत जिल्ला कमिटीका पदाधिकारी लगायतका नेताहरूको सहभागिता रहेको थियो । गत शनिवार रातिको अविरल वर्षापछि दोरम्बा शैलुङ गाउँपालिका–३ को लेकखर्कस्थित पहरी वस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएका थिए । जसमध्ये एक जनाको जीवितै उद्दार गरिएको थियो । पहिरोमा पुरिएका ३२ वर्षकी चण्डिका थापा मगर र उनका १८ महिनाका छोरा आयुष श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी, ११ वर्षका विज्ञान पहरी, ७५ वर्षीया पुड्की पहरीको शव भेटिएको छ । २३ वर्षीया विन्दा पहरीको खुट्टाको पैतलाको पञ्जा फेला पारेरका उनको श्रीमान जिम्मा लगाइएको छ । अझै ५५ वर्षका काले पहरी र ५० वर्षकी झ्याउँकिरी पहरी वेपत्ता गरेका छन् । वेत्ताप भएकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Share this

प्रतिकृया

Add