प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले व्यवसायीलाई हतोत्साहित नगरी बजार अनुगमन तथा कानुन विपरीतका काम भएमा नियमन गर्ने बताएका छन् । व्यवसायीलाई नियम, कानुन विपरीत काम नगर्न आग्रह गर्दै प्रशासले व्यवसायीलाई हतोत्साहित नगर्ने बताएका हुन् ।
प्रजिअ पौडेलले भने, हामी व्यवसायीलाई आतङ्कित बनाउँदैनौँ, व्यवसायीहरूका लागि सचेतनामूलक कार्यव्रmम सञ्चालन गर्छौँ, सचेतनामूलक कार्यव्रmमअन्तर्गत माइकिङ् गर्ने काम सुरु भइसकेको छ । पहिला सचेतनामूलक कार्यव्रmम गर्छौँ । बुझेर पनि राज्यको नीति पालना गर्नुभएन भने हामीले नियमन गर्नुपर्ने अवस्था आउँछ, त्यो अवस्था आउन नदिनको लागि व्यवसायीहरूलाई सचेत रहन आग्रह गर्न चाहन्छु । त्यसका लागि उद्योग वाणिज्य सङ्घलाई पनि समन्वयको भूमिका निर्वाह गरिदिन म अनुरोध गर्न चाहन्छु, प्रजिअ पौडेलले भने ।
मङ्गलवार रामेछाप उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र करदाता सेवा कार्यालय मन्थलीका कर अधिकृत प्रतिमा घिमिरेको स्वागत तथा भेटघाट कार्यव्रmमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले यस्तो बताएका हुन् । चाडपर्वका बेला अस्वाभाविक मूल्य बृद्धि गर्ने, कृत्रिम अभाव देखाउने, कालोबजारी गर्नेजस्ता कार्य नगर्न पनि प्रजिअ पौडेलले व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय व्यवसायी र व्यवसायको सुरक्षाको लागि प्रतिवद्ध रहेको भन्दै चाडपर्वको बेला हुनसक्ने ठगी, चोरीचकारी हुनसक्ने भएकाले सुरक्षा सतर्कता बढाउनुका साथै सुरक्षा गस्ती समेत बढाइएको प्रजिअ पौडेलले जानकारी दिए । बजार क्षेत्रमा सिसी क्यामेरा थप गर्ने विषयमा मन्थली नगरपालिकासँग छलफल भएको र आवश्यकताअनुसार क्यामेरा थप गरिने पनि प्रजिअ पौडेलको भनाइ छ ।
गैरकानुनी क्रियाकलाप गर्न र संलग्न नहुन पनि उनले आग्रह गरे । चाडपर्वका बेला बजारमा हुनसक्ने सम्भावित कालोबजारी, म्याद गुज्रिएका सामानको बिक्री वितरण, अवैध मदिरा बिक्री वितरण, जुवातास खेल्ने खेलाउने, चोरी, लुटपाट गर्नेजस्तो गैरकानुनी व्रिmयाकलाप हुनसक्ने भन्दै यस्ता व्रिmयाकलाप गरेमा वा संलग्न भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रजिअ पौडेलले बताएका छन् ।
त्यस्तै करदाता सेवा कार्यालय मन्थलीका कर अधिकृत प्रतिमा घिमिरेले व्यवसायीको समस्यामा सहजीकरण गर्ने बताएकी छन् । नयाँ कार्यालय प्रमुख आयो अब के होला भनेर व्यवसायीलाई नआत्तिन पनि उनले आग्रह गरिन् । कानुनबमोजिम व्यवसायीको समस्याको समाधानमा सहजीकरण गर्न तयार छु, कर अधिकृत घिमिरेले भनिन् ।
उक्त कार्यव्रmममा रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले व्यवसायीहरूबाट अन्जानमा गल्ती हुनसक्ने भन्दै अन्जानमा हुने गल्तीहरूमा जिल्ला प्रशासन कार्यालय तथा कर कार्यालयले व्यवसायी समस्यालाई पनि बुझेर काम गरिदिन अनुरोध गरे । उनले भने, व्यवसायीहरू सबैले धेरै पढेर, कानुन जानेर व्यवसाय गरेका हुँदैनन्, त्यसकारण अन्जानमा गल्तीहरू हुन सक्छन्, त्यस्तो अवस्थामा व्यवसायीहरूको समस्या र बाध्यतालाई पनि बुझिदिनुहुन्छ भन्ने रामेछाप उद्योग वाणिज्य सङ्घले आशा गरेको पनि उलने बताए । दसैँ तिहारलगायतका चाडपर्वहरू नजिकिँदै गर्दा चिनी र तेलको मूल्य वृद्धि भएको भन्ने आएको पनि उनले बताए । सरकारले सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने भनेकाले सस्तो मूल्यको चिनी ल्यान सहजीकरण गरिदिन पनि उनले प्रमुख जिल्ला अधिकारी पौडेललाई अनुरोध गरे ।
रामेछाप उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष केशवप्रसाद घिमिरे, पूर्व अध्यक्षहरू नारायणदाश श्रेष्ठ, पशुपतिबहादुर खड्का, श्याम थापाहरूले व्यवसायीहरूको समस्याको बारेमा प्रमुख जिल्ला अधिकारी र कर अधिकृतलाई जानकारी गराएका थिए ।