निर्वाचन आचारसंहितको पालना गरः विष्ट

 आइतवार, बैशाख २४, २०७४ | onlinenews

वैशाख २०७४, रामेछाप– सहकारी विभागका सहसचिव तथा स्थानीय तहको निर्वाचन आचारसंहिता अनुगमन समिति अधिकृत रघुराज विष्टले सम्बन्धि सबैलाई निर्वाचन आचार संहिताको पालना गर्न आग्रह गरेका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन सम्बन्धि आचारसंहिता पालना भएनभएको बारे दोलखा र रामेछापको अनुगमन गर्ने जिम्मेवारी पाएका विष्ट अनुगमनका क्रममा रामेछाप आएका हुन् ।
रामेछाप जिल्लाका राजनीतिक दलहरुले पार्टीको चुनाव प्रचारप्रसारमा बालबालिको प्रयोग गरेको आरचारसंहिता विपरीत पर्चा पोष्ट छापेको भन्ने गुनासो आपूm कहाँ आइपुगेको भन्दै विष्टले निर्वाचन आचारसंहिता पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।
चुनाव प्रचारप्रसारका नाममा फ्लेक्स बोर्ड टास्ने र निर्वाचन आचारसंहिता विपरीत पोष्टर, पम्प्लेट छापेमा सुरीक्षाकर्मी मार्फत नियन्त्रणमा लिइने पनि उनले बताएका छन् ।
आचासंहिता विपरीत हुने गरि पोष्टर पम्प्लेट चुनाव प्रचारमा प्रयोग गरिएमा जफत गरिने भन्दै पोष्टर पम्प्लेटको नाममा फजुल खर्च नगर्न पनि अनुगमन अधिकृत विष्टले दलहरुलाई आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा आयोजीत पत्रकार सम्मेलन मार्फत उनले यस्तो आग्रह गरेका हुन् । सार्वजनिक पदधारण गरेको ब्यक्ति वा सरकारी कर्मचारी खुल्ला रुपमा दलको चुनाव प्रचारप्रसारमा हिडेमा आपूmलाई जानकारी गराउन पत्रकारलाई अनरोध समेत गरेका छन् ।
दलको चुनाव प्रचारप्रसारमा हिड्ने सार्वजनिक पदधारण गरेका ब्यक्ति वा सरकारी कर्मचारीलाई विभागीय कारबाही गरिने पनि विष्टले बताए । निष्पक्ष भएर समाचार सम्पे्रण गर्न पत्रकारहरुलाई समेत विष्टले आग्रह गरे ।

प्रतिकृया

Add