रामेछाप जिल्लामा निर्वाचनको ९९ प्रतिशत तयारी पूरा

 आइतवार, बैशाख २४, २०७४ | onlinenews

वैशाख २५, रामेछाप– वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत रामेछाप जिल्लामा ९९ प्रतिशत तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
निर्वाचनको लागि केन्द्रबाट जिल्लामा आउनु पर्ने, मतपेटीका, मतपत्र लगायको सबै सामाग्रीहरु आइसकेको र मतदात केन्द्रहरुमा पु¥याउन मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापको निर्वाचन अधिकृत  कपिलप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।
निर्वाचन केन्द्रहरुमा पठाउँनु पर्ने सामाग्रीहरु तयारी आवस्था रहेको र पठाउँन मात्र बाँकी रहेको पनि उहाँले बताउनु भयो । जिल्ला भरीका मतदात केन्द्रहरुमा सोमबारसम्म सबै कर्मचारीहरु निर्वाचन तयारीको लागि पुगिसक्ने पनि उपाध्यायले जानकारी दिनुभएको छ ।
वैशाख २८ गतेदेखि ३० गतेसम्म मतदाता परिचय पत्र सम्बन्धित मतदान केन्द्र वा स्थलबाट वितरण गरिने पनि उपाध्ययले जानकारी दिनुभयो ।
जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकामा गरि १ सय ७० मतदान अधिकृति र उपमतदान अधिकृत सहित ८ सय ५० कर्मचारी निर्वाचनमा खटाइएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मतदान केन्द्र १ सय ७० र ९० मतदान स्थल तोकिएको रामेछाप जिल्लामा १ लाख ३४ हजार ६ सस २० मतदाताहरु रहेका छन् । जसमध्य ३ जना तेश्रो लिङ्गी रहेको निर्वाचन कार्यालय जनाएको छ ।
यता मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुलाई नियुक्ति पत्र दिएर सम्बन्धि मतदान केन्द्र र मतदान स्थलमा पठाइसकिएको बताएको छ ।
त्यसैगरी जिल्लाको सुरक्षा निकायले पनि निर्वाचन सुरक्षाको पूर्व तयारी सकिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक प्रेम जोशीले निर्वाचनमा खटिएका सुरक्षार्की एक हप्ता अघि नै सम्बन्धि ठाउँमा पुगिसेको बताउनु भयो ।
रामेछापको सुक्षा ब्यवस्था मजबुत रहेको पनि जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

प्रतिकृया

Add