जिल्लामा सुरक्षा ब्यवस्था मजबुद छः प्रजिअ खत्री

 सोमवार, बैशाख २५, २०७४ | onlinenews

२५ वैशाख २०७४, रामेछाप– वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सुरक्षा ब्यवस्थालाई मजबुद पारिएको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले बताउनु भएको छ ।
निर्वाचन सुरक्षा खतरालाई मध्ययनजरी गरि सुरक्षा ब्यवस्थालाई मजबुद पारिएको प्रजिअ खत्रीले बताउुनभयो । जिल्लाको दुई नगरपालिका र ६ गाउँपालिकाहरुमा निर्वाचनको लागि सुरक्षाकर्मी परिचालन गरिसकिएको पनि प्रजिअ खत्रीले बताउनुभयो ।
जिल्लामा आवश्यक पर्ने भन्दा बढी सुरक्षाकर्की रहेको भन्दै वैशाख ३१ गते आफ्ना नामावली रहेको मतदान केन्द्रमा गई ढुक्कले मतदान गर्न मतदाताहरुलाई अनुरोध गर्नुभएको छ । सुरक्षा ब्यवस्थामा कुनै कमी नहुने उहाँले बताउनु भयो ।
जिल्लाभरीको जनुसुकै मतदान केन्द्र वा स्थानमा हुलदंगा गर्ने वा निर्वाचन विथोल्ने र बुथ कब्जा गर्ने प्रयास भएमा १५ मिनेट भित्र नियन्त्रणमा लिने गरि सुरक्षा ब्यवस्था मिलाइएको पनि प्रजिअ खत्रीले बताउनुभयो ।

प्रतिकृया

Add