अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा

 मङ्लबार, बैशाख २६, २०७४ | onlinenews

२६ वैशाख २०७४ कैलाली । शुल्क वृद्धिको विरुद्धमा नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा सोमबारदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहारमा संलग्न भएको विषयलाई लिएर सेती अञ्चल ब्युरो इन्चार्ज बिमल धामी र कैलाली सहसचिव रमेश साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा झुटो मुद्दा लगाई पक्राउ गरेको भन्दै शैक्षिक आम हडतालको घोषणा गरेको अखिल क्रान्तिकारीका कैलाली उपाध्यक्ष झलक विश्वकर्माले जानकारी दिएका छन् ।

प्रतिकृया

Add