बालकुमारी वि.क जिल्लाकै कान्छी उम्मेदवार

 मङ्लबार, बैशाख २६, २०७४ | onlinenews

२५ वैशाद २०७३ रामेछाप– वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका मध्ये बालकुमारी वि.क दलित महिला उम्मेदवारतर्फ सवैभन्दा कान्छी उम्मेदवार हुनुहुन्छ ।
रामेछाप जिल्लामा क्रियाशील दलित संस्थाहरुको छाता संगठन स्थानीय दलित संस्था महासंघले संकलन गरेको विवरण अनुसार उहाँ सबैभन्दा कान्छी उम्मेदवार हो ।
उहाँले नेकपा मओवादी केन्द्रको तर्फबाट मन्थली नगरपालिका वडा नं. १ मा दलित महिला सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । यस अघि राजनीतिमा नदेखिएकी वि.क. मन्थली उमावि मन्थलीबाट कक्षा १२ को परीक्षा दिएर बन्नु भएको हो ।
मानविकी संकायकी ग्रामिण विकास अध्ययनरत विद्यार्थी विकले आपूm निर्वाचित भएमा नगरको विकासमा आफ्नो दक्षतालाई भरपुर रुपमा प्रयोग गर्ने बताउनुभयो ।
खेलकुद क्षेत्रमा समेत अब्बल रहेकी विकले विभिन्न खेलमार्फत करिब दर्जन मेडल प्राप्त गरिसक्नु भएको छ । पछिल्लो समयमा उहाँ राजनीतिमा एकाएक सक्रिय हुनु भएको हो ।
दलित महिला उम्मेदवारको प्रतिस्पर्धामा आपूmले ३३ प्रतिशत बढी मत ल्याएर मन्थली वडा नं १ बाट विजय प्राप्त गर्ने दावी समेत गर्नुभयो ।
वैशाख ३१ को निर्वाचन लगत्तै १५ दिनपछि हुने नगर कार्यपालिकाको लागि दलित महिलाको तर्फबाट आफू पर्छु कि पर्दिन भन्नेमा आफ्नो ध्यान केन्द्रीत रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिकृया

Add