रामेछाप काँग्रेस सभापति पुत्र दुई दिनेदेखि वेपत्ता

 मङ्लबार, बैशाख २६, २०७४ | onlinenews

२६ वैशाख २०७४, रामेछाप– नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेका सुपत्र आनन्दश्री न्यौपाने बेपत्ता हुनुभएको छ । वैशाख २५ गते विहान भक्तपुरको ठीमीबाट रामेछापको लागि हिडेका न्यौपाने साँझसम्म पारिवारिक सम्पर्कमा नआएपछि उहाँको खोजी गरिएको थियो  ।
रातभर पनि उहाँको बारेमा पत्ता नलागेपछि खोजी गरिदिन माग गर्दै मंगलबार बिहान रामेछाप र भक्तपुर प्रहरीलाई वेपत्ता न्यौपानेको तस्वीर सहित जाहेरि दिइएको पारिविारिक श्रेतले बताएको छ ।
न्यौपाने वेपत्ता भएको बारेमा मंगलवार दिनभर प्रहरीले खोजतलासी गरिरहेको जनाएको छ । सोही आधारमा प्रहरीले सोमबार करिव १२ बजे साँगा भञ्ज्याङ्ग आसपाससम्म न्यौपानेले फोनमा कुरा गरेको र त्यसपछि उहाँसंग रहेका दुबै मोवाइल फोन बन्द भएको प्रहरी अनुसन्धाले देखाएको छ ।
मोवाइलको सुइचअफ भएपछि उहाँको बारेमा केहि थाहा हुन नसकेको र घटनापछि  रामेछाप र भक्तपुर प्रहरीले खोजि गरिरहेको रामेछापका प्रहरी नावय उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । वेपत्ता न्यौपानेको अज्ञात समूहले अपहरण गरेको हुन सक्ने परिवारको अनुमान छ ।

प्रतिकृया

Add