प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
२६ वैशाख २०७४ रामेछाप– निर्वाचन पर्यवेक्षण समिति नियोक जिल्ला समिति रामेछापले वैशाख ३१ गतेको हुने निर्वाचनको लागि जिल्लाको विभिन्न बुथहरुमा पर्यवेक्षक खटाएको छ ।
जिल्लाका १६ बुथको लागि परवुथ एक जनाका खरले पर्यवेक्षक खटाइएको नियोक रामेछापका अध्यक्ष बद्रि नयाँघरले जानकारी दिनुभयो । पर्यवेक्षणको लागि मतदान केन्द्रमा खटिने आफना पर्यवेक्षकहरुलाई सोमबार एक दिने तालिम दिएर फिल्डमा खटाइएको नियोक रामेछापले जनाएको छ ।
नियोक रामेछापका अनुसार निर्वाचनमा खटिने १६ जना पर्यवेक्षकहरुलाई पर्यवेक्षणमा निर्वाह गर्नुपर्ने भूमिका र पालना गर्नुपर्ने आचारसंहिताको बारे तालिममा जानकारी गराइएको थियो ।
तालिममा जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत कपिलप्रसाद उपाध्यायले निर्वाचन पर्यवेक्षण विधि र निर्वाचन आचारसंहिताको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी पर्यवेक्षकहरुले निर्वाचन शुरु हुनु अघि र पछि मतदान स्थलमा निर्वाह गर्नुपर्ने भूमिका र निर्वाचन पर्यवेक्षणको क्रममा अपनाउनुपर्ने सजकताकोे बारेमा नियोक जिल्ला अध्यक्ष बद्री नयाँघरे, उपाध्यक्ष उमंग मैनाली र सचिव दीपक भट्टले पर्यवेक्षकहरुलाई प्रशिक्षित गर्नुभएको थियो ।