विवाह हलको पर्खाल भत्किँदा भारमा २४ जनाको मृत्यु

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

वैशाख २८ २०७४– भारतको राजस्थानमा विवाह हलको पर्खाल भत्किँदा २४ जनाको ज्यान गएको छ । राजस्थानको भरतपुर जिल्लामा तीव्र गतिमा चलेको हुरीका कारण बुधबार बेलुका विवाह समारोह भइरहेको हलको पर्खाल भत्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्् ।
९० फिट लम्वाई र १२ फिट उचाई रहेको पर्खाल भत्किँदा ज्यान जानेमा सात महिला र चार बालबालिका छन् । घटनामा २८ जना घाइते भएका छन् ।
भरतपुरको सिवर रोडमा रहेको एक हलमा विवाह समारोह भइरहेका बेला तीव्र गतिमा हुरी चलेपछि त्यसबाट बच्न मानिसहरु पर्खालको आडमा आएका थिए । त्यही बेला पर्खाल भत्किएकाले धेरै क्षति भएको समाचार संस्था पिटिआइले जनाएको छ ।
राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजे सिन्धियाले घटनाप्रति दुःख व्यक्ति गर्दै घाइतेको उपचार गर्न निर्देशन दिनुभएको छ ।

प्रतिकृया

Add