निर्वाचित भएपछि बोलेको कुरा पूरा गरिन भने जुत्ताको माला लगाइदिनुस: कार्की

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

 २८ वैशाख २०७४, रामेछाप–नेकपा माओवादी केन्द्रको तर्फबाट गोकुलगंगा गाँउपालिकाको अध्यक्षका उम्मेदवार प्रेमकुमार कार्की ‘सेवक’ले स्थानीय तहको निर्वाचनमा आपूm विजयी भए गाँउपालिकाको आर्थिक विकाश, सम्वृद्धि र भौतिक पूर्वाधार विकासको लागि जनतासँगै रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
भ्रष्टाचार, घुसखोरीको अन्त्य र सामाजिक विकाशको लागि आपूm सँधै लागिपर्ने बताउदै कार्कीले आपूm २० वर्षदेखि जनताको घर दैलोमा रहेरे दुखसुखसँग रम्दै आएको र दुख बुझेकोले आपूmले गाँउपालिकाको विकाशको हरसमभव प्रयास गर्ने बताउनुभयो ।

उहाँले आपूm निर्वाचित भएमा एक घर एक धाराको अभियानलाई साकार पार्ने, सिंचाइको उचित व्यवस्थापन, स्थानीय स्तरतमा हुने कृषिक उपार्जनको लागि बजार व्यवस्थापन मिलाउने र प्राविधिक शिक्षालाई स्थापना गर्ने बताउनु भएको छ ।
कार्कीले गोकुलगंगा गाउँपालिकाभित्र पर्ने ठोेसे फलाम खानीको सहि व्यवस्थापन गर्दै बेरोजगारी युवालाई रोजगारीको अवसर सिर्जना गर्ने, सरकारको कार्यक्रम भित्र परेको हजार मेगावाटको जलविदुत आयोजनालाई तत्काल कार्यान्वयनमा लैजाने, पर्यटन पर्वद्धनको लागि सम्भावित ठाँउहरुमा होमस्टे र रिर्सोट सञ्चालनको वातावरण सिर्जना गर्ने आफनो योजना रहेको पनि बताउनुभयो । उहाँले गोकुलगंगा गाउँपालिका भित्र सरकारले निर्माण गर्न लागेको १५ शै्ययाको अस्पताललाई ३० शै्ययाका बनाउन पहल गर्ने, बृद्धभत्तालाई बढाएर न्यूनतमा पाँचदेखि ७ हजार बनाउन केन्द्रिय सरकारसँग जोडदार पहल गर्ने, महिलाहरुको क्षमताविकाशको लागि शीपयुक्त तालिमहरुको व्यवस्था मिलाउने कार्कीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
त्यस्तै खेलमैदानको व्यवस्था र खेलाडीहरुलाई खेलबाटै बाँच्न सक्ने खालको उत्प्रेरणा दिने, भूकम्प प्रभावितहरुलाई आवास निर्माणको लागि सरकारले दिने दोश्रो किस्ता एकमुष्ट दिलाउन पहल गर्ने गर्ने पनि कार्कीले अठोट व्यक्त गर्नुभएको छ ।
निर्वाचन विजयी पश्चात आपूmले बोलेका कुरा पुरा नगरेमा गाँउपालिकाका जनताले कालोमोसो दलेर  जुत्ताको माला लागाइदिए पनि आपूmले स्वीकार गर्ने कार्कीले बताउनुभयो ।

प्रतिकृया

Add