शिक्षा, स्वास्थ्य, रोजगार र कृषिमा आधुनिकीकरण पहिलो प्रथामिकताः कस्नेत

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

२८ वैशाख २०७४, रामेछाप– स्थानीय तहको निर्वाचन संघारमा नै आइसक्दा मन्थली नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार रमेशकुमार बस्नेतले विभिन्न योजना अघि सार्नुभएको छ ।
कृषि, बजार, शिक्षा, संञ्चारजस्ता सबै आधारभूत कुरालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यक रहेकोमा उहाँले जोडदिनुभयो । मन्थली नगरपालिकाभित्रका माडी फाँट, रजगाँउ, पन्थलीजस्ता खेतियोग्य फाँटमा त्याहाको सम्भावनाको अध्ययन गरि कृषिमा आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाभित्रको मन्थली बजारलाई योजनाबद्ध तरिकाले शहरीकरण पनि आफ्नो लक्ष्य रहेको बस्नेतले बताउनुभयो ।
नगरपालिकाभित्र सबै भूगोल एकैनास नभएकले साविकका गाविसभित्र रहेका स्थानीय श्रोतहरुको बढि भन्दा बढि उपयोग गरि स्वरोजगारको अवसरहरु सिर्जना गरी रोजगारीको शुनिश्चित गर्ने पनि उहाँको योजना रहेको छ ।
रोजगारीको लागि विदेश पलाएन हुन बाध्य भएका युवाहरुलाई स्थानीय तहमा स्वरोजार बनाउनको विभिन्न आयमूल कार्यक्रम सञ्चालन गरिने बस्नेतले बताउनुभयो ।
जसको लागि युवा लक्षित व्यवसायिक, आधुनिक कृषि, व्यवसायको लागि सुलभ कर्जा र व्यवसायीमैत्री वातावरण सिर्जना गर्ने लगायतको योजना रहेको पनि उहाँले बताउनुभयो ।
नगरपालिका भित्रका अधिकांश बस्तीमा खानेपानीको अभाव देखिएकाले खानेपानी समस्या समाधानका लागि तामाकोशी लगायतका श्रोतहरुबाट लिफ्ट खानेपानीको व्यवस्था गर्ने र लिफ्टबाट तानिएको खेरजाने पानीलाई समेत पुनः प्रयोग गर्न बैज्ञानिक प्रविधिको प्रयोग गरि सदुपयोग गर्ने योजना पनि बस्नेतले सार्वजनिक गर्नुभयो ।
२०७२ सालको भूकम्पले क्षति पु¥याएको सम्पूर्ण विद्यालयहरुको यथासक्य चाँडो पुर्नःनिर्माण गरि दैनिक पठन पाठनलाई सुचारु गर्न विशेष कार्यक्रम संञ्चालन गरिने जानकारी दिनुभएको छ । लेखमा पाइने जडिबुटि लगायत विभिन्न खानी क्षेत्रको उत्खनन गरी उद्योग स्थापना गर्ने पनि बस्नेतको योजना छ ।
गहन उपचार गरिनु पर्ने रोगहरुको पहिचान गरी बिपन्नको लागि निःशूल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने योजना समेत प्राथमिकताका साथ राखिएको जानकारी दिनुभएको छ ।
ग्रामिण क्षेत्रमा रहेका महिला स्वास्थ्य स्वंसेविकाहरुलाई प्रोत्साहन गर्न निश्चित तलब भत्ताको व्यवस्था गर्ने पनि उहाँले बताउनुभयो ।
नगरपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न विशेष किसिमको योजना अघि सारिएको उहाँको भनाई छ । जिल्ला विकास समितिका उपसभापति भई काम गरेको अनुभवले पनि मन्थली नगरपालिकालाई समृद्ध बनउने विभिन्न योजनाहरु आपूmसँग भएको बस्नेतले बताउनुभयो ।

प्रतिकृया

Add