एमाले र माओवादी झडपमा २ घाइते एकको अवस्था गम्भीर

 शनिबार, बैशाख ३०, २०७४ | onlinenews

३१ वैशाख २०७४, रामेछाप- नेकपा एमाले र माओवादी  केन्द्रका कार्यकर्ताबीच गयराति १२ बजे लिखु गाउँपालिकाको खिम्तीमा झडप हुँदा माओवादीका दुई कार्यकर्ता घाइते भएका छन् ।
घाइते मध्य एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई राति नै एम्बुलेन्स मार्फत उपचारको लागि काठमाडौं पठाइएको छ ।
श्रोतकाअनुसार राति आफ्ना मतदातालाई अर्को पक्षले प्रभाव पार्न सक्ने आंशकामा आ–आफ्नो टिम बनाएर गाउँमा पसेका दुई पक्षका कार्यकर्ताबीच झडप भएको थियो ।
तत्कालै घटना स्थलमा पुगेको प्रहरीले घटनामा सम्लग्न लिखु गाउँपालिका वडा नम्बर ६ का नेकपा एमालेबाट खुल्ला तर्फको वडा सदस्यका उम्मेदवार शेरबहादुर थापा सहित ४ जना र माओवादी केन्द्रका एक कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
रिपोटिङ्गको लागि घटना स्थलमा पुगका स्थानीय पत्रकारलाई प्रहरीले दुब्र्यवहार गरेको छ । आपूmमाथि प्रहरीले दुब्र्यवहार गरेको पुष्पवृष्टि साप्ताहिकका सम्पादक बेदबहादुर श्रेष्ठले बताउनुभयो । आफ्ना साथमा रहेको म्यामेरा र मोवाइल फोन समेत प्रहरीले कब्जा गरेको श्रेष्ठले बताउनु भएको छ ।

प्रतिकृया

Add