रामेछापमा मतदान सम्पन्न, मत गणना भोली हुने

 आइतवार, बैशाख ३१, २०७४ | onlinenews

३१ वैशाख २०७४- रामेछाप जिल्लामा मतदान प्रक्रिया सम्पन्न भएको छ । जिल्लाको ९० मतदान केन्द्र र १ सय ७० मतदान स्थालमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जानकारी दिएको छ ।
जिल्लामा रहेको १ लाख ३४ हजार ६ सय २० मतदाता मध्ये ७० प्रतिशत मतदाताले मतदान गरेको रामेछापको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।
मतदान सकिएपछि आजैबाट मत गणना सुरु गर्ने भनिए पनि रामेछाप जिल्लाको भौगोलिक विकटताको कारण मतपेटीका संकलन गर्न समय लाग्ने भएकाले मत गणना भोलीबाट मात्र सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाका उत्तरी क्षेत्रमा ब्यापक पानी परिरहेकाले मतपेटीका संकलमा समेत समस्या भएको पनि श्रोतले बताएको छ । आज रातिसम्म सम्बन्धित नगरपालिका र गाउँपालिकामा मतपेटीका संकलन गरिने र भोली बिहा ७ बजे सर्वदलीय बैठक बसेर बिहान १० बजेबाट मत गणना प्रक्रिया सुरु गरिने मुख्य निर्वाचन अधिकृत शिवाकोटीले जानकारी दिनुभयो ।
मत गणना सम्बन्धित नगरपालिका र गाउँपालिकामै गरिने पनि मुख्य निर्वाचन अधिकृति शिवाकोटीले जानकारी दिनुभएको छ ।

प्रतिकृया

Add