रामेछापको गोकुलगंगा गाउँपालिकामा एमाले विजयी

 बुधबार, जेष्ठ ३, २०७४ | onlinenews

३ जेष्ठ २०७४- रामेछाप जिल्लको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार खड्गबहादुर सुनुवार ३ हजार ५ सय ५१ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
खड्गबहादुर सुनुवारको प्रतिस्पर्धी नेपाली काँग्रेसका नानिबाबु बस्नेतले ३ हजार १ सय ५२ ल्याउनु भएको थियो । त्यसैगरी गाउँपालिकाको उपाध्यक्ष पदमा पनि नेकपा एकालेकै तर्फबाट राधिका श्रेष्ठ विजयी हुनुभएको छ ।
आफ्नो प्रतिस्पर्धी नेपाली काँग्रेसका तुलसा खड्कालाई ७ सय ६४ मतले पछिपार्दै राधीका श्रेष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । गोकुलगंगा गाउँपालिका अन्तर्गत वडा नं. ४ मा नेपाली काँग्रेसको देवराज कार्कीको प्यान र वडा नं. ६ चन्द्र सुनुवारको प्यानल विजयी भएको छ ।
त्यसैगरी वडा नं. ५ मा एमालेको तर्फबाट बलराम खड्का र वडा नंं २ मा शेखरमान श्रेष्ठको प्यानल विजयी भएको छ भने वडा नं. ३ मा पनि नरविक्रम कार्कीको प्यानल विजयी भएको छ ।
वडा नं. १ मा अध्यक्ष पदमा नेपाली काँग्रेसको मणिकुमार सुनुवार विजयी हुनु भएको छ भने अन्य सदस्यहरुमा नेकपा एमालेकै उम्मेदवारहरु विजयी भएका छन् । ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र भने निल गएको छ ।

प्रतिकृया

Add