उमाकुण्डमा एमाले विजयी

 बुधबार, जेष्ठ ३, २०७४ | onlinenews

३ जेठ २०७४-  रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । उमाकुण्डको परिणाम अनुसार गाँउपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली काँग्रेसकी उर्मिला कार्की बस्नेत विजयी हुनुभएको छ ।
अध्यक्ष पदमा शेरबहादुर सुनुवारले ३ हजार १ सय ७५ मत ल्याएर निर्वाचित हुनुभएको हो भने उहाँको प्रतिपस्पर्धी हिक्मत सुनुवारले २ हजार ३ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी उर्मिला कार्की बस्नेतले २ हजार ३ सय १८ मत ल्याएर विजयी हुनु भएको हो । उहाँको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगेन्द्र बहादुर बस्नेतले १ हजार ३ सय १० मत प्राप्त गर्नुभएको छ ।
उमाकुण्ड गाउँपालिका अन्तर्गत रहेको ७ वटा वडाहरु मध्य ३ वटा वडाको अध्यक्ष नेकपा एमालेले जितेको छ भने नेपाली काँग्रेसले २ र माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेको छ ।
जसमा नेकपा एमालेबाट वडा नम्बर ५ मा कुविर खत्री, वडा नम्बर ६ मा कृष्णकुमार सुनुवार र वडा नम्बर ७ मा रुद्रमणि नेवार वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नेपाली काँग्रेसको तर्फबाट वडा नम्बर १ मा नोर्वु शेर्पा र वडा नम्बर ३ मा रमेशकुमार सुनुवार विजयी हुनुभएको छ भने नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर २ मा खम्बहादुर बस्नेत र ४ बाट मानबहादुर सुनुवार अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

प्रतिकृया

Add